Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, बैशाख १३, २०८३
☰
Logo आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं, अलमलमा नपरौं : महामन्त्री पौडेल

  • ३. बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

  • ४. महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ५. सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

  • ६. स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैन : संयुक्त विद्यार्थी सङ्गठन

  • ७. सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

  • ८. युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

  • ९. अक्षय तृतीयाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

  • १०. पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

देश कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, २६ असार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नविनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको ११औँ साधारण बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रका लागि आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा लाग्न निर्देशन दिनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसारकार्यमा सघाउ पु¥याउने कार्य विश्वविद्यलायले गर्ने अपेक्षा गरेको छु ।”

नेपालमा कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान, पशु विज्ञान र वन विज्ञान क्षेत्र लगायतका प्राकृतिक स्रोत व्यवस्थापनको विषयमा अध्ययन, अनुसन्धान र प्रविधिको विकास गर्न प्राविधिक विश्वविद्यालयको खाँचो महसुस भएकाले कृषि तथा वन विज्ञान विश्वविद्यालयका रुपमा २०६७ सालमा स्थापना गरिएको हो ।

देशकै पहिलो प्राविधिक विश्वविद्यालयको रूपमा स्थापित यस विश्वविद्यालयले एकीकृत रूपमा शिक्षण, अनुसन्धान तथा प्रविधि प्रसारको कार्य गरी देशको कृषि, पशु तथा वन क्षेत्रको समग्र विकासमा ठूलो योगदान पु¥याउने प्रधानमन्त्री दाहालको अपेक्षा छ । उहाँले सो विश्वविद्यालयलाई सरकारको सहयोग निरन्तर भइरहने विश्वास दिलाउनुभयो ।

विश्वविद्यालयले देशैभरि आंगिक कलेज स्थापना गर्ने लक्ष्यअनुरूप विभिन्न प्रदेशमा आठ कृषि सङ्काय र एउटा वन विज्ञान सङ्कायअन्तर्गतका कलेज तथा दुई कृषि विज्ञान केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याइसकेको छ ।

आवश्यक शिक्षक, कर्मचारीको व्यवस्थापनका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरिसकेकाले आगामी दिनमा थप सहयोग उपलब्ध गराउने प्रधानमन्त्री दाहालको भनाइ छ । विश्वविद्यालयको लक्ष्य, उद्देश्य परिपूर्तिका लागि तयार पारिएको दोस्रो दस वर्षे रणनीतिक योजना कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चालु कार्यक्रमको सवलीकरण र गुणस्तरमा विशेष जोड रहने विश्वास व्यक्त गर्दै थप अनुसन्धान केन्द्रको विस्तारमा ध्यान दिन आग्रह गर्नुभयो ।

हेटौँडास्थित वन विज्ञान सङ्कायको आफ्नै भवनमा शैक्षिक कार्यक्रम सञ्चालनमा आएको छ । मन्त्रिपरिषद्ले गरेको निर्णयबमोजिम शैक्षिक कार्यक्रमको प्रभावकारी सञ्चालनका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रधानमन्त्री दहालले विश्वास दिलाउनुभयो ।

“कृषि र पशुपालनमा आयात प्रतिस्थापन गरी आत्मनिर्भर बन्न नयाँ प्रविधिको विकास र प्रयोग आवश्यक छ । विदेशबाट काठको आयात हुने तर स्वदेशमा उत्पादन जङ्गलबाट उपभोक्तासम्म नपुग्ने हालको अवस्थामा कसरी काठको अधिकतम प्रयोग गर्न सकिन्छ । यस्ता विषयलाई पर्यावरण र दीगो विकाससँग जोड्दै अनुसन्धानको आधारमा विश्वविद्यालयले आवश्यक कार्य गर्नेछ भन्ने कुरामा विश्वस्त छु”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

सीमित स्रोतको बाबजुद पनि विश्वविद्यालयका अनुसन्धानमा सहभागी सबै वैज्ञानिक प्राध्यापकलाई प्रधानमन्त्री दाहालले बधाई दिनुभयो । उहाँले आगामी दिनमा समेत अनुसन्धान कार्यलाई प्राथमिकतामा साथ अघि बढाउन विश्वविद्यालयलाई आग्रह गर्नुभयो ।

कृषि र पशुपक्षी विकास रणनीतिको महत्वपूर्ण कार्यक्रममा कृषि शिक्षा तथा प्रसारलाई एकीकृत रूपमा सञ्चालन गर्न ,आधुनिक कृषि र वन प्रविधिलाई विद्यार्थीमार्फत् किसान एवं वन उपभोक्तासमक्ष पु¥याउन आग्रह गर्दै प्रधानमन्त्री दाहालले सरकारको तर्फबाट आवश्यक सहयोग रहने उल्लेख गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयबाट कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सम्पत्ति हस्तान्तरण र जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यमा सरकारको तर्फबाट आवश्यक सहजीकरण हुने उहाँको भनाइ छ । महालेखाको प्रतिवेदनमा उल्लेख भएको बेरूजु फछ्र्यौट गर्न आगामी दिनमा विश्वविद्यालयले गम्भीरतापूर्वक लिने र आवश्यक पहलसमेत उहाँले निर्देशन दिनुभयो । सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई र विश्वविद्यालयका पदाधिकारीको उपस्थिति थियो । (रासस)

Chitwan Aaja चितवन आज
मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सुकुमवासी बस्तीका पशुप्राणीको यसरी हुँदैछ उद्धार
बुटवलस्थित उच्च अदालतको अतिक्रमित संरचना हटाउन थालियो (तस्बिरसहित)
धमाधम हुँदैछ सुकुमवासीको स्क्रिनिङ, सँगसँगै स्वास्थ्य जाँच

ताजा समाचार

सबै

सुकुमवासी बस्तीका पशुप्राणीको यसरी हुँदैछ उद्धार

बुटवलस्थित उच्च अदालतको अतिक्रमित संरचना हटाउन थालियो (तस्बिरसहित)

धमाधम हुँदैछ सुकुमवासीको स्क्रिनिङ, सँगसँगै स्वास्थ्य जाँच

आँबुखैरेनी गाउँपालिकाको वडामै पहिलोपटक सडक कालोपत्र

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

गाजामा इजरायली आक्रमणः छ प्रहरीसहित १२ प्यालेस्टिनीको मृत्यु

लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ

यस्तो रहने छ आजको राशिफल

चितवनको मेघौलीमा पहिलो पटक वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग लगियो

जनतालाई धेरै दुःख नदिन बालेनलाई हर्कको आग्रह

सुकुमबासी बस्ती हटाउने विषयमा बोले प्रधानमन्त्री बालेन

कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

सुक्खाले बढायो डढेलो र प्रदूषण

चितवनमा लगाइएको चैते धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं, अलमलमा नपरौं : महामन्त्री पौडेल

  • ३.
    बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

  • ४.
    महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ५.
    सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

  • ६.
    स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैन : संयुक्त विद्यार्थी सङ्गठन

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.