काठमाडाैं असार २५,
आज सोमवारको लागि बोलाइएको राष्ट्रियसभाको बैठक सरेको छ ।
आज बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलि (मंगलवार)का लागि सारिएको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बताए ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असार २६ गतेका लागि बैठक निर्धारण गरेका हुन् ।
यसअघि आइतवारको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर गत बुधवारदेखि संसद् अवरुद्ध गरिरहेको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार









