काठमाडाैं असार २४,
धादिङको गल्छीमा एउटा ट्रक अनियन्त्रित भइ अन्य ४ वटा गाडीसँग ठाेक्किँदा दुई जना घाइते भएका छन् ।
काठमाडौंबाट मलेखुका लागि छुटेको ना ६ ख ५२०८ नम्बरको ट्रक अनियन्त्रित भइ विपरीत दिशातर्फबाट आउँदै गरेको ट्रक, यात्रु बस र ग्याँसको बुलेटलाई ठोक्किएको थियो ।
दुर्घटनामा ठक्कर दिने ट्रकका चालक र अर्का एक जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राजमार्ग एक तर्फीरुपमा सञ्चालन भइरहेको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार









