काठमाडौं असार २१,
सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बसिरहेको छ । सत्ता गठबन्धनमा सहभागी सात दलका नेताको बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको सचिवालयले जानकारी दिएको छ ।









