१९ असार, काठमाडौं ।
नेपालीहरु औसतभन्दा धेरै भात खाने गरेको अध्ययनले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको अध्ययनअनुसार नेपालीहरु वार्षिक औसतभन्दा १६ किलो बढी चामल खाने गरेको देखिएको हो ।
एक व्यक्तिले प्रतिवर्ष औसत १ सय २१ किलो चामल उपभोग गर्ने मापदण्ड संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले तय गरेको छ ।
तर, नेपालीहरुले प्रतिव्यक्ति १ सय ३७ किलो चामल एक वर्षमा उपभोग गर्ने गरेको मन्त्रालयको अध्ययनले देखाएको हो ।
नेपालीले चामलको प्रयोग चाहिने भन्दा अधिक मात्रामा गरिरहेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।









