काठमाडौं असार १८
देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।
कोसी र मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ । त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रहरू प्रभावित हुनसक्ने बताइएको छ । भारी वर्षा, मेघगर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।









