काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। रौनियारलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।
रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो । सोही मुद्दाको आधारमा उनलाई पक्राउ गरिएको हो।
उनलाई थप अनुसन्धानका लागि बाँके पठाउने तयारी छ।









