रोल्पा,१५ असार
रोल्पामा सिँचाइको लागि खनेको पोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु भएको छ ।
रोल्पाको रुन्टीगढी गाउँपालिका–९, टुनिबोटका ओमस घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
घर छेउको पोखरीमा खेल्ने क्रममा बिहीबार पोखरीमा डुबेर बालकको मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको रोल्पा प्रहरीले जनाएको छ ।









