गुल्मी असार ११,
गुल्मीमा खहरे खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ ।
मालिका गाउँपालिका–२ दर्लिङमा सोमवार खहरे खोलाले बगाउँदा स्थानीय ४१ वर्षीय लीलबहादुर घर्ती र उनकी छोरी ८ वर्षीय बिन्दु घर्तीको मृत्यु भएको गाउँपालिकाका सूचना अधिकारी जगतबहादुर पौडेलले जानकारी दिए ।
यस्तै गएराति मालिका- ८ फल्लेनीमा चट्याङ लागेर ३९ वर्षीय विष्णु विकको मृत्यु भएको थियो ।









