काठमाडौँ, १० असार
काठमाडौंबाट धनगढी उडेको श्रीएयरलाइन्सको जहाजमा समस्या देखिएपछि पुन: काठमाडौं नै फर्किएको छ ।
आइतवार बिहान ७:५० मा उडेको श्रीको जहाजको इन्डिकेटरमा समस्या देखिएपछि पुन: त्रिभुवन विमानस्थलमा फर्काएर अवतरण गरिएको श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिए ।
उनका अनुसार जहाज काठमाडौंबाट ४० नोटिकल माइल पर पुगेर फर्किएको हो ।
जहाजमा ७९ जना यात्रु थिए । ती यात्रुलाई अर्कै जहाजमा राखेर धनगढी पठाइसकेको उनले बताए ।









