काठमाडौं, ४ असार
समाजवादी मोर्चा घोषणा भएको छ ।
सोमबार राष्ट्रिय सभागृहमा सत्तारूढ नेकपा (माअोवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) र संसदीय प्रक्रिया बाहिर रहेको नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिवले हस्ताक्षर गरेर समाजवादी मोर्चाको घोषणा गरेका हुन् ।
माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द्रले हस्ताक्षर गरिरहँदा कार्यकर्ताले नारा लगाएर समर्थन गरेका थिए ।
नेताहरूले हस्ताक्षर गरेपछि समाजवादी मोर्चाको सहमति पत्रका मस्यौदाकार जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले सहमति पत्र पढेर सुनाए ।









