काठमाडौं जेठ ३१,
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुखको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
बुधबार बिहान बालुवाटारमा प्रेस सेन्टरका पदाधिकारीहरुसँगको कुराकानीमा उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् ।
“सदनमा ओलीहरुको देख्नुभयो नि, डेमोक्रेटिक नम्स, भ्यालुज सबलाई ध्वस्त पारेर,” प्रधानमन्त्रीको भनाई थियो, “म मञ्चमा बोलिरहेको छु, म हरेक कुराको जवाफ दिन्छु भनिराखेको छु । मलाई बोल्नै नदिने गरेर तलका मान्छेलाई बोल्न दिने रु त्यस्तो काम पनि भयो सभामुखबाट । हुँदै नहुने कुरा थियो क्या त्यो ।”
उनले प्रधानमन्त्रीले संसद्मा सम्बोधन गरेपछि तत्काल प्रतिपक्षलाई बोल्न दिने प्रचलन नभए पनि बोल्न दिएकोप्रति पनि असन्तुष्ट व्यक्त गरे ।
“पछि उनीहरु नराम्रोसँग एक्सपोज भए । यिनीहरु लोकतान्त्रिक पनि छैनन्, साँस्कृतिक सभ्यता, नैतिकता केही पनि रहेनछ भन्ने कुरा त देखियो । देख्नलाई छ्याङ्गै देखियो,” प्रधानमन्त्री प्रचण्डले थपे, “भारत भ्रमणबाट आएपछि ओलीहरुले हुँदै नहुने काम गरे । म बोलिसकेपछि प्रतिपक्षले प्रतिवाद गर्ने कुरा, बोल्न दिने कुरा स्वभाविक र लोकतान्त्रिक थिएन तर दिइयो । यो काम सभामुखबाट भयो । प्रधानमन्त्रीले बोलेपछि तत्काल प्रतिपक्षलाई प्रतिवाद गर्न बोल्ने चलन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणसहित भ्रष्टाचार र बेथितिविरुद्ध सरकारले थालेको अभियान नरोकिने पनि बताए । बालुवाटारमा बुधबार भएको भेटमा उनले भ्रष्टाचारविरुद्ध कदम चालेका कारण सरकारबाट बाहिरिनुपर्ने अवस्थ आए पनि आफू तयार रहेको बताए ।
उनले सम्झौता गरेर भ्रष्टाचारविरुद्धको कदम रोक्नुपरे सरकार छाडेर जनतामा जानु उचित हुने उल्लेख गरे । प्रचण्डले आफूले जवाफ दिइरहेका बेला प्रमुख प्रतिपक्षी दल एमाले र अध्यक्ष केपी ओलीले संसदीय, पद्धति, परम्परा, मूल्य र मान्यता नाघेको आरोप लगाएका थिए ।
आफ्नो भारत भ्रमणका क्रममा १० वर्षमा १० बजार मेगावाट बिजुली बिक्री गर्ने, एउटा हवाई रुट दिने र अर्को पनि दिनेबारे छलफल गर्दै जाने, जलविद्युत आयोजना निर्माणका काम अघि बढाउने जस्ता महत्वपूर्ण उपलब्धि प्राप्त भएको भन्दै त्यसलाई छायामा पार्न ओलीले भ्रमण १५ वटा भैंसी ल्याउन मात्र भएको भन्नेजस्ता गैरराजनीतिक टिप्पणी गरेको उनको भनाइ थियो ।
“मैले सबै कुराको जवाफ दिन्छु भनेर गएको छु । तलका मानिसलाई बोल्न दिने काम पनि भयो सभामुखबाट । हुँदै नहुने कुरा थियो । मैले बोलिराखेको छु । मैले बोलिसकेपछि प्रतिवाद गर्ने कुरा त हुन्थ्यो । पछि उनीहरू नांगिन त नांगिए । नराम्रोसँग नांगिए । त्यो लोकतान्त्रिक विधि थिएन । सांस्कृतिक, सभ्यता, नैतिकता केही पनि रहेनछ भनेर छ्यांगै देखियो,” उनले भने ।









