काठमाडौं जेठ ३०,
एकजना नागरिकता पीडितले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार माइतीघर मण्डलामा २५ वर्षीय निरज कामतले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
पेट्रोल छर्कनेबित्तिकै प्रहरीले समाएर ट्रमा सेन्टरमा लगेको उनले जानकारी गराए । अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।









