काठमाडौं, जेठ २८-
नेपाली श्रमिकहरू अब रोजगारीका लागि साउदी अरब जाँदा शैक्षिक योग्यताको प्रमाणपत्र चाहिने भएको छ।
यस्तो प्रमाणपत्र परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणित गर्नुपर्ने छ। त्यसपछि फेरि साउदी दूतावासबाट प्रमाणीकरण भएपछि मात्रै नेपाली श्रमिकहरू जान पाउने व्यवस्था साउदी सरकारले गरेको हो।
यी निकायबाट प्रमाणीकरण हुने शैक्षिक प्रमाणपत्र न्यूनतम एसइई/एसएलसीको हो। योभन्दा तल्लो तहको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गरिँदैन।
यसकारण अब मजदुरी (लेबर) लगायत जुनसुकै कामका लागि साउदी जाने श्रमिकले न्यूनतम एसइई/एसएलसीसम्मको अध्ययन पूरा गरेको हुनुपर्ने भएको हो।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार









