विराटनगर,जेठ २०
मोरङमा एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । शनिबार मोरङको सुन्दरहरैचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् ।
मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान ६ स् ५० बजेतिर भेटिएका मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । ढकाल सोही विद्यालयको लेखापाल हुन् ।
उनी आज बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको खुलेको प्रहरीले बताएको छ । आगोले शरीरका अधिकांश भाग जलेका कारण उनको अवस्था गम्भीर छ ।
गम्भीर अवस्थाका ढकाललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याइएको छ । उनले आफैंलाई आगो लगाएको देखिएको प्रहरीले बताएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार









