काठमाडौं, जेठ १७
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् ।
फिजी, अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीका लागि आवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
अस्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका लागि आवासीय राजदूत निर्मलराज काफ्लेलाई अर्जेन्टिना, रुसका लागि आवासीय राजदूत मिलनराज तुलाधरलाई बेलारुस, डेनमार्कका लागि आवासीय राजदूत प्रा.डा. रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका लागि आवासीय राजदूत तापस अधिकारीलाई टर्कीको गैरआवासीय राजदूतको जिम्मा दिइएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।










