काठमाडौं जेठ १७,
‘नागरिकता विधेयक र देशको सीमा रेखा’सम्बन्धी कार्यक्रममा नाराबाजी गर्ने नौ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ सलाङ गाउँपालिका–४ का ३० वर्षीय सन्तोष राजावादी, बाँके कोहलपुर –१ का २८ वर्षीय सतिश राजावादी, रामेछाप सुनपाती–५ का २१ वर्षीय तारा राजावादी, सिन्धुली तिनपाटा–१० का २७ वर्षीय क्षितिज चौलागाई, पाल्पा रामपुर–५ का २० वर्षीय आकाशकुमार भट्ट, बारा निजगड–४ का २८ वर्षीय सुजन राजावादी, सोही ठाउँका २० वर्षीय अर्पण खड्का र २४ वर्षीय निश्चल राजावादी तथा रुपन्देही देवीनगर–१७ का ३१ वर्षीय रितेश केसी छन् ।
उनीहरूले मंगलवार एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपा क्रान्तिकारी माओवादीका सिपी गजुरेल र पूर्वगभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीलगायत सहभागी मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गर्नुका साथै सामूहिक नाराबाजी गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।









