काठमाडाैं जेठ ११,
ताप्लेजुङमा स्कर्पियो दुर्घटना हुँदा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
आज बिहान भएको मे १ च ७३५३ नं को स्कर्पियो दुर्घटनामा परी फुङलिङ नगरपालिका–६ का सागर गुरुङका छोरा अंशुमन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सवारी चालक फुङलिङ–६ का कृष्णमान गुरुङ भने घाइते भएका छन् ।
उनको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन गुरुङले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका अंशुमानलाई जिल्ला अस्पताल पुर्याउनासाथ स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए ।
गाडी अनियन्त्रित भई पल्टिएको प्रहरीको प्रारम्भिक अनुमान छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार









