चितवन,बैशाख २१
चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा किटानी जाहेरी दिएका व्यक्तिलाई पक्राउको माग राख्दै व्यवसायीहरूले प्रदर्शन गरेका छन् ।
उद्योग बाणिज्य संघ चितवन, उद्योग संघ, चेम्बर अफ कमर्शले घटनामा किटानी जाहेरी दिएका अनमोल फिड्सका सञ्चालक प्रदिप रूङ्गटा र कम्पनीका चार्टर अकाउन्ट जीवन रावललाई पक्राउ गर्न माग राखेर प्रदर्शन गरेका हुन् ।