काठमाण्डौं, १९ वैशाख ।
वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ मृत फेला परेपछि उनको परिवारको दिएको आत्महत्या दुरुत्साहनको जाहेरीपछि डा.सुजन ढकाल पक्राउ परेका छन् । कोशी अस्पतालमा कार्यरत डा. ढकाललाई प्रहरीले पक्राउ गरेको हो।
ढकाललाई नियन्त्रणमा लिएर दुरुत्साहनको कसुरमा अनुसन्धान अघि बढाएको प्रहरी वृत्त बालाजुका डिएसपी मनजित कुँवरले जानकारी दिनुभयो । ढकालका बुबा भने फरार रहेको प्रहरीले जनाएको छ ।
विवाह गर्न नमानेको भन्दै सुजनकी प्रेमिका तथा नर्स अनुमाले ढकालको घरमा गएर आत्महत्या गरेकी थिइन्। प्रेमी ढकालले आफूसँग विवाह गर्न नमानको भन्दै प्रेमिका श्रेष्ठले शनिबार काठमाडौं बोहराटारस्थित सुजनको घरमा गएर आत्महत्या गरेकी थिइन्। सुजनको घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी अनुमाको सुसाइड नोट समेत भेटिएको छ ।










