Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, बैशाख ०८, २०८३
☰
Logo मङ्गलबार, बैशाख ०८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

लोकप्रिय समाचार

  • १. भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २. “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • ३. चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ४. शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • ५. बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

  • ६. मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

  • ७. ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

  • ८. राहदानीमा गैरकानुनी टिप्पणी लेख्ने अध्यागमनका कर्मचारीमाथि छानबिन सुरू

  • ९. चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

  • १०. दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

छोटो दूरीको आकर्षक गन्तव्य मौलाकालिका

चितवन – चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । नयाँवर्षसँगै यहाँ सञ्चालनमा आएको केबलकारले यहाँको पर्यटकीय गतिविधि बढाएको हो ।

मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्नसक्ने भएपछि मन्दिरको दर्शनमा जाने भक्तजनलाई सहज भएको छ । यसका साथै सहरको रमझम र प्राकृतिक दृश्यावलोकनमा रमाउन चाहनेका लागिसमेत मौलाकालिका एक उत्कृष्ट गन्तव्य भएको छ ।

यहाँबाट नवलपरासी, चितवन, तनहुँ, गोर्खाका अग्ला डाँडा, भञ्ज्याङ, भिरपाखा र हिमशृङ्खलाका साथै सुप्रसिद्ध तीर्थस्थल देवघाटधाम, चितवनको समथर भूमि, राष्ट्रिय निकुञ्जको जङ्गल तथा मौलाकालिकालाई दाहिने पारेर सलल बगेको नारायणी नदी अवलोकन गर्न सकिन्छ ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवन आउने पर्यटकका लागि मौलाकालिका पनि एक धार्मिक पर्यटकीय गन्तव्य बनेको यहाँका स्थानीय पर्यटन व्यवसायी बताउँछन् । स्वदेशी एवं विदेशी पर्यटक पुग्ने चितवनका पर्यटकीय गन्तव्यमा केबलकारको सञ्चालनसँगै अर्काे एक गन्तव्य पनि थपिएको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ ।

यहाँ जङ्गल सफारीका लागि आउने पर्यटकका लागि थप गन्तव्य बनेको क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यसले चितवनको पर्यटन प्रवद्र्धनका लागि निकै सहयोग पुग्ने हामीले ठानेका छौँ । हामीले यहाँ आउने पर्यटकलाई घुमाउने गन्तव्यमा अब मौलाकालिका पनि थपिएको छ । त्यसैले यहाँ आउने पर्यटकको बसाई लम्ब्याउन यसले थप सहयोग गर्छ भन्ने हाम्रो बुझाइ छ ।” केबलकार चढ्न आउने जङ्गल सफारी जाने र सफारी गर्न आउने केबलकार चढ्नसक्ने भएकाले चितवन आउने पर्यटकको बसाई लम्ब्याउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

नारायणगढबाट नारायणी नदीको पुल पार गर्नेबित्तिकै दाँहिनेतर्फ दुई किलोमिटरमा मन्दिरको फेदीको प्रवेशद्वार पुगिन्छ । त्यहाँबाट केबलकारको पाँच मिनेटको यात्रामा मन्दिर नजिकै पुग्न सकिन्छ ।

मौलाकाली सामुदायिक वन र मौलाकालिका धार्मिक वनभित्र रमणीय हरियाली वातावरण छ । केबलकारबाट पनि यो प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । मौलाकालिका मन्दिर पूर्वी नवलपुरको गैँडाकोटस्थित पूर्वपश्चिम राजमार्गको नारायणी–पुलबाट उत्तरतर्फ करिब चार किलोमिटर टाढा छ । समुद्र सतहदेखि पाँच सय ६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका मन्दिर अवस्थित छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले गैँडाकोटमा केबलकार सञ्चालनमा आउँदै गर्दा यसको प्रत्यक्ष लाभ भरतपुरले प्राप्त गर्ने बताउनुहुन्छ । यसले भरतपुर क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मौलाकालिकामा केबलकार चल्दै गर्दा यहाँ पर्यटकको बसाई लम्बिने छ । यसका साथै चितवनमा अर्काे एक पर्यटकीय पूर्वाधार थपिएकामा हामी खुसी छौँ ।” पछिल्लो समय सो केबलकारसँगै प्याराग्लाइडिङसमेत सुरु भएको भन्दै उहाँले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउने तयारी गरिरहेकाले समयमा यी गन्तव्य महत्वपूर्ण हुने बताउनुभयो । यसले भरतपुर क्षेत्रको आर्थिक गतिविधि बढाउन थप सहयोग पुग्ने उहाँको विश्वास छ ।

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी स्थानीय तहसँग समन्वय गरेर केबलकार सञ्चालन गरेमा यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । चितवनका स्थानीय पर्यटकीय गतिविधि प्रवद्र्धनमा यस पूर्वाधारले टेवा पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

होटल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेले मौलाकालिकामा केबलरकार सञ्चालन हुँदै गर्दा नारायणगढ क्षेत्रका होटल व्यवसायमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा मौलाकालिका केबलकार सहयोगी बन्नेछ ।”

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटा केबलकार सञ्चालनमा आएसँगै पहिले हिँडेरै जानुपर्ने अवस्था नरहेको र यसका कारण भक्तजनको सङ्ख्या बढेको बताउनुहुन्छ । केबलकार सञ्चालनमा आएपछि यहाँ २० प्रतिशतभन्दा बढी भक्तजन थपिएको र यो सङ्ख्या बढ्दै जाने देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका वर्षमा यस शक्तिपीठमा वर्षमा कम्तीमा तीन लाख ५० हजार भक्तजन जाने गरेकामा अब सबैका लागि सहज भएकाले यो सङ्ख्या बढ्ने अनुमान हामीले गरेका छौँ ।”

ऐतिहासिक महत्वको यस मन्दिर चार सय ५० वर्ष पहिला सेन राज्यका पालामा निर्माण भएको जानकारी उहाँले दिनुभयो । उहाँले भन्नुभयो, “डाँडाको टुप्पामा एउटा सानो मन्दिर थियो, कहिलेकाहीँ स्थानीय आदिवासी पूजाअर्चना गर्थे । सोह्रौँ शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि पर्वत (मौला पहाड) को नाम राखिएको किंवदन्ती छ ।”

हिन्दू पौराणिक कथाअनुसार देवी काली वा कलिका माईलाई ऊर्जा, शक्ति र नयाँ कार्यको सुरुआतको प्रतीक मानेर पूजा गर्ने गरिएको मन्दिरको प्रशासनिक एवं व्यवस्थापकीय एक सदस्य छवि खनाल बताउनुहुन्छ । उहाँले मन्दिरलाई स्थानीयस्तरमा धेरै पटक पुनःस्थापित गरिएको भन्दै थप आगन्तुक समायोजन गर्न आधार क्षेत्र विस्तार गरिएको बताउनुभयो । मन्दिर व्यवस्थापन समितिले पछिल्ला वर्षमा यहाँ बलि दिने प्रथामा रोक लगाएको छ । यहाँ बलिको साटो नरिवल, फलफूल चढाउने संस्कार बढ्दै गएको छ । भगवतीको दर्शन गरी उहाँको चरणमा परेर गरेको भाकलबाट मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।

विसं १९९० सम्म त्यहाँ ठूलो सालको रुख थियो भन्ने कथन रहेको छ । रुख वरिपरि ढुङ्गाको पर्खाल थियो । खिया लागेर भष्म भइसकेका खुँद आकारका फलामका हतियार थिए । धमिराले खाएको काठको मौलो र कालिका भगवतीको शिलारपत्थर थिए । आज पनि भक्तजनले तिनको पूजा गर्दै आएका छन् । मौलाकालिका मन्दिरमा हरेक वर्ष नेपाल र छिमेकी मुलुक भारतबाट धार्मिक आस्था राख्ने हजारौँ भक्तजन पूजा गर्न आउने गरेका छन् ।

नेपालका पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्या भण्डारी, पूर्वराजा, पूर्वमन्त्रीहरु, भारतका प्रसिद्ध योगगुरु राम देवले मन्दिरमा पूजाअर्चना तथा भ्रमण गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले विसं २०७३ वैशाख ८ गते मन्दिरमा पूजा अर्चनाका साथै मन्दिरको आवासीय सुविधाको उद्घाटन गर्नुभएको थियो ।

विसं २०३८ देखि संस्थागत पूजाअर्चनाका साथै जनसहभागितामा विकास निर्माण कार्य गरिँदै आएको र विसं २०५३ मा प्यागोडा शैलीमा ठूलो मन्दिर निर्माण भएपछि धार्मिक तथा अन्य पर्यटकको सङ्ख्या उल्लेखनीयरुपमा बढेको छ ।

स्थानीय बासिन्दा र निजी क्षेत्रको साझेदारीको नमूना परियोजनाका रुपमा छोटो समयमै यहाँ केबलकार निर्माण सम्पन्न भएको छ । “यहाँ केबुलकार सञ्चालनमा आएपछि गैँडाकोट र नवलपुरलाई मात्रै नभई छिमेकी जिल्लालाई समेत हरेक तरिकाबाट फाइदा पुग्ने स्थानीयको भनाइ छ । यो आयोजनाबाट पर्यटन, कृषि, व्यवसाय, होटल रेस्टुराँ, रोजगारी सिर्जनासहित धेरै तरिकाले स्थानीयलाई फाइदा पुग्ने यहाँका जनप्रतिनिधिहरु बताउँछन् ।

केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहको छ । केबलकारले स्थानीयसहित करिब चार सय व्यक्तिलाई रोजगारी दिने कम्पनीको भनाइ छ । यसका साथै मौलाकालिका मन्दिर नजिकै अत्याधुनिक रिसोर्ट निर्माणाधीन अवस्थामा छ । मन्दिर नजिक रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण भएको छ भने मौलाकालिका फेदीमा रहेको धारापानीमा बटम स्टेशन निर्माण भएको छ ।

केबलकारले एकतर्फी लम्बाई एक हजार दुई सय मिटर छ । यसका लागि छ वटा टावर निर्माण गरिएको छ । केबलकारमा १४ डब्बा (गोन्डला) रहेका छन् । एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्दछ ।

केबलकार सञ्चालनमा आएपछि प्रतिदिन छ हजार यात्रु आवतजावत गराउन सकिने क्षमता रहेको छ । केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ । कम्पनीले पूर्वी नवलपरासीकै मिथुकरम (दुर्गम पहाडी) गाउँको जग्गा किनेर सरकारलाई दिएको हो ।

देशको पूर्वपश्चिम यात्रा गर्ने व्यक्ति अधिकांश नारायणगढ पुग्नुपर्छ । नारायणगढमा कुनै व्यक्ति दुई घण्टामात्र अडिनुपर्ने अवस्था आयो भने पनि उसले मौलाकालिका पुगेर दर्शन र दृश्यावलोकन गरेर सजिलै ओर्लिन सक्छ । त्यसैले यहाँका स्थानीय पर्यटन व्यवसायीले पनि यसलाई छोटो समयकै एक आकर्षक गन्तव्यका रुपमा लिएका छन् ।रासस

Chitwan Aaja चितवन आज
शनिबार, बैशाख १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैन : संयुक्त विद्यार्थी सङ्गठन
रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट पेस
भरतपुरमा विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

ताजा समाचार

सबै

स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैन : संयुक्त विद्यार्थी सङ्गठन

रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट पेस

भरतपुरमा विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

कञ्चनपुरमा बिहेमा गएका युवकको हत्या, दुई जना पक्राउ

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ: सांसद शाही

पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

राप्ती नदीमा भेटियो १७ घडियालको गुँड

अक्षय तृतीयाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

कर्णाली नदीमा बेपत्ता बुवा–छोराको शव भेटियो

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

असिनाले ७४ सवारीसाधनमा क्षति

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं, अलमलमा नपरौं : महामन्त्री पौडेल

कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले पायो पूर्णता

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २.
    “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • ३.
    चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ४.
    शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • ५.
    बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

  • ६.
    मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.