काठमाडाैं बैशाख ११,
चितवन २ मा पार्टी सभापति रवि लामिछाने र तनहुँ १ मा स्वर्णिम वाग्लेले ‘चमत्कार’ गरिरहँदा सोही पार्टीबाट बारा २ मा उम्मेदवार रहेका रमेश खरेल भने निरीह देखिएका छन् ।
आइतवार मतदान भएका तीन क्षेत्रमध्ये तनहुँ १ मा वाग्ले विजयउन्मुख छन् । वाग्लेले २४ हजार मत पाउँदा कांग्रेसका गोविन्द भट्टराईले १४ हजार पाएका छन् ।
सोमवार राति साढे ८ बजेसम्मको गणनामा चितवनमा रविले ६ हजार ५ सय मत पाउँदा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ८ सय मत पाएका छन् ।
बारामा भने घण्टी चिन्हवाला रमेश खरेल तेस्रो स्थानका लागि प्रतिष्पर्धा गरिरहेका छन् । जसपाका उपेन्द्र यादवले २ हजार ९ सय मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशहवाले २ हजार ३ सय मत पाएका छन् । तेस्रोमा एमालेका पुरुषोत्तम पौडेलले १ हजार ४ मत पाउँदा रास्पवाका खरेलले ४ सय ९ भोट पाएका छन् । यो प्रारम्भिक गणना हो, तर रास्वपाले यहाँ चमत्कार गर्ने सम्भावना न्युन देखिन्छ ।










