काठमाडाैं बैशाख ८,
सर्वोच्च अदालतले सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास र राष्ट्रपति कार्यालयको फोहर तीन दिनभित्र उठाउन सर्वोच्च अदालतले आदेश गरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले शुक्रवार काठमाडौं महानगरको नाममा आदेश जारी गरेको हो ।
सिंहदरबारको फोहर नउठाउने काठमाडौं महानगरको निर्णयविरूद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चका रिट दायर गरेका थिए ।
सरकारले आफूहरुका माग सम्वोधन नगरेको भन्दै काठमाडौंका मेयर बालेन्द्र साहले सिंहदरवारको फोहर नउठाउन निर्देशन दिएका थिए ।
सिंहदरबारको फोहर उठाउने जिम्मा पाएको कम्पनीलाई फोहर उठाएमा इजाजतपत्र खारेजको चेतावनी बालेनले दिएका थिए ।
मेयरको निर्देशनपछि केही दिनयता सिंहदरबारको फोहर उठेको थिएन ।
सर्वोच्चले काठमाडौंको फोहर विसर्जन गर्ने नुवाकोटको सिसडोल ल्याण्ड फिल्ड साइटका सरोकार सम्वोधन गर्न सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ ।










