चितवन, फागुन २२ –
आज होलीको पहिलो दिन । विशेष गरी पहाडी क्षेत्रमा मनाइन्छ । तर चितवन यस्तो जिल्ला हो जहाँ दुबै दिन होली खेल्ने गरिन्छ ।
आज होलीको दिन नारायणी नदी किनारमा होली खेल्न युवायुवतीको घुइँचो लागेको छ । विगतमा होली विशेष कार्यक्रम हुने भए पनि यसपाली भएन । तर पनि होली खेल्न चितवन र नवलपुर, गैंडाकोटका युवायुवती नारायणगढको नारायणी नदी किनारमा पुगेका छन् ।
हेर्नुहोस्, चितवन आज संवाददाता हिरालाल आचार्यले नारायणी किनारमा पुगेर कैद गरेको भिडियो सामग्री ।