विराटनगर फागुन १९
प्रदेशको नाम ‘कोशी’ राखिएको भन्दै पहिचानवादी केही संस्थाले विराटनगरमा सडक आन्दोलन गरेका छन् ।
लिम्बुवान किरात संघर्ष समितिले विराटनगरमा धर्ना दिएका छन् हुन् । मुख्यमन्त्री कार्यालय अगाडि रोडशेष चोक र प्रदेशसभा भवन अगाडि उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले प्रदेश सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन् ।
‘पहिचानवादी एक हौँ’, ‘मुख्य मन्त्री हिकमत कार्की मुर्दावाद’, ‘कोशी प्रदेश मान्दैनौँ’ लगायतका उनीहरूले नारा लगाएका थिए ।
बुधबार बसेको प्रदेशसभा बैठकले प्रदेश १ लाई ‘कोशी’ नामकरण गरेको थियो ।
भूगोल र पहिचानको विषयमा सहमति नजुट्दा प्रदेशसभाको पहिलो कार्यकालमा नाम रहन सकेको थिएन ।
किराँत, लिम्बुवान माग गर्दै आएको पहिचानवादी संघसंस्थाले मागलाई नजरअन्दाज गरी पहिचानविरोधी नाम ल्याएको आन्दोलनरत पक्षको भनाइ रहेको छ ।
किरात लिम्बुवान सगरमाथा नाम राख्ने पक्षमा नेकपा समाजवादी र जसपाले प्रदेशसभामा प्रस्ताव पेस गरेका थिए।
बहुमतले यो नाम अस्वीकृत भएको हो।
कोशीको पक्षमा एमाले माओवादी राप्रपा र कांग्रेस थिए । माओवादीले भने विज्ञप्ति नै निकालेर आफ्नो बचाउ गरेको छ।