महोत्तरी, बैशाख ७ –
महोत्तरीको भँगाहा नगरपालिका ४ मा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेद्वार गंगाराम महत्तोले मुसहर वस्तीका २५ भन्दा बढी बालबालिकालाई पढाउन सुरु गरेका छन् ।
महत्तोले बिहीबार एक कार्यक्रमको आयोजना गरी बालबालिकालाई किताब, कापी, कलम वितरण गर्नुका साथै उनीहरुलाई पढ्नका लागि एक शिक्षक सहित पढ्ने ठाउँको व्यवस्था गरिदिएका हुन् ।
कार्यक्रममा बोल्दै उम्मेद्वार महत्तोले बालबालिकालाई घर नजिकै नै कखरा सिकाउनका लागि शिक्षकसहितको सानो विद्यालय जस्तो स्थापना गरिदिएको बताए ।
एकदमै पिछडिएको समुदाय मुसहर वस्तीका अधिकांश बालबालिका कमजोर आर्थिकलगायत विभिन्न कारणले गर्दा पढ्न जान पाएका छैनन् ।
वडाध्यक्षका उम्मेद्वार महत्तोले आफूले चुनाव जितेपछि सबै वडाबासीका बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने बताएका छन् ।