चितवन फागुन १४
मदर चाइल्ड हेल्थ नेपाल र सनराइज इङगलिस स्कुलको संयुक्त आयोजनामा आइतबार जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा नारायणी नमूना माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा श्रेया आचार्य प्रथम, स्मल हेभन मोडेल स्कुलमा अध्ययनरत छात्रा अनुष्का पौडेल द्वितिय र गुरुकूल सेकेन्डरी स्कुलमा अध्ययनरत छात्रा कृती श्रेष्ठ तृतिय भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश तीन हजार, दुई हजार र एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
मदर चाइल्ड नेपालकी अध्यक्ष कविता खतिवडा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका शैक्षिक महाशाखाका अधिकृत ऋषिराम शर्मा प्रमुख अतिथि रहेका थिए ।
सनराइज इङगलिस स्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी प्रसाद अर्याल, विद्यालयका प्राचार्य शिवकुमार बगाले, सह–प्राचार्य भूमिराज तिवारी र विद्यालयको सबै तहका संयोजकको समेत उपस्थिती रहेको थियो । निर्णायको भूमिकामा सनराइजका शिक्षक रामजी भट्टराई र रामकृष्ण लामिछाने रहेका थिए ।