Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, फागुन २९, २०८२
☰
Logo शुक्रबार, फागुन २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ६. अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

  • ७. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ८. मात्तिएर, आत्तिएर हैन सुझबुझ तरिकाले जान्छौं : सभापति लामिछाने

  • ९. रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल

  • १०. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

लुट मच्चाउँदै गैंडाकोटको ढाट : राजमार्गमा गुड्ने सवारीबाट अशुल्छ अबैध कर, लुट्ने काममा पनि नगरपालिकाको साथ

चितवन, फागुन ८ –
गैंडाकोट नगरपालिकाको फोहोर फाल्न प्रयोग गरिने सवारी साधनले नदी किनारमा फोहोर फालेर नदीजन्य सामग्री ओसारपसार गरिरहेको साथै नगरपालिकाले जथाभावी नदी उत्खनन् गरी डम्पिङ्ग गरिरहेको समाचार प्रसारण भएको थियो ।

सो विषयमा बुझ्न पुग्दा नगरपालिकाका मेयर मदनभक्त अधिकारीले सञ्चारकर्मी हिरालाल आचार्यमाथि दुव्र्यवहार समेत गरेका थिए ।
नगरपालिकाको अर्काे बेथिति पनि फेला परेको छ । गैंडाकोट नगरपालिकाले निकासी कर असुल्न पूर्वपश्चिम राजमार्गमा स्थापना गरेको ढाटले मनपरी ढंगले जथाभावी रकम असुली गरिरहेको पाइएको हो ।

हेरौं, चितवन आजकर्मी समेत रहेका पत्रकार – हिरालाल आचार्य ‘डायमण्ड’ तयार पारेको समाचार सामग्री :
गैंडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नगरक्षेत्रभित्र कवारी कर संकलन गर्न श्री गैंडाकोट बिल्डर्स एण्ड सप्लायर्स प्रालि गैंडाकोट, (नवलपरासी–बर्दघाटसुस्तापूर्व) सँग सम्झौता गरेको छ ।

गैंडाकोटमा उत्पादन भई बाहिर निकासी हुने कवाडीजन्य २१ वटावस्तुहरुमा कर उठाउन पाउने गरी स्थापित ढाटले मनपरी ढंगले पूर्वपश्चिम राजमार्गमा गुड्ने मालबाहक सवारीसँग कर उठाइरहेको पाइएको हो ।

फिल्डमै पुगेर मालबाहक सवारी साधनमै चढि हेर्दा समेत समेत सो कुरा पुष्टि भएको छ । भैरहवाबाट धानको भुस बोकेर पोखरा औद्योगिक क्षेत्रतर्फ हिँडेको लु २ ख ५१३७ नम्बरको ट्रकसँग गैंडाकोटको ढाटले रु ३०० रुपैयाँ कर लियो । उक्त ट्रक चालक इस्लाम मियासँग भुस किनेको बिल, लैजान लागेको स्थानको कागजात सबै थियो । तर पनि गैंडाकोटमा उनले पैसा नुबुझाई जान पाएनन् । यो उक्त ढाटको कार्यक्षेत्रभन्दा बाहिर गएर लिइएको कर थियो ।

त्यसैगरी भैरहाबाटै पोखरा जान लागेको अर्काे ट्रक (लु २ ख ५१३६) सँग पनि गैंडाकोटको ढाटले ३०० रुपैयाँ असुल्यो । उक्त ट्रकका चालक बिरबहादुर श्रेष्ठसँग कहाँबाट आएको र कहाँ जान लागेको भन्ने प्रमाणित हुने आवश्यक सबै कागजात थियो ।

त्यसैगरी चितवनबाट दुम्किबास जाँदै गरेको ना ६ ख ४७४६ नम्बरको ट्रकसँग पनि गैंडाकोटको ढाटले रु ३०० रुपैयाँ करबापत भन्दै रकम असुल्यो । त्यसको केही समयपछि चितवनबाटै आएको बागमती प्रदेश ०३०० १ ख २१५५ नम्बरको ट्रकसँग भने गैंडाकोटको ढाटले रु २०० असुल्यो । ३०० मागे पनि आफूले २०० मात्र दिएको र ढाटमा कार्यरत युवाहरुले मानेको चालक नवराज घलेले बताए । यसरी असुल्नै नपाइने रकम असुलेको ढाटले रकम असुल्दा पनि मन परी तरिकाले कसैलाई कति त कसैलाई कति असुलेको पाइयो ।

त्यसैगरी अन्यत्र कर तिरिसकेको सवारी साधनलाई पनि यसअघि पटकपटक गैंडाकोटको उक्त घाटले कर असुल्ने गरेको व्यावसायीहरुले गुनासो गर्दै हामीसमक्ष कागजात पेस गरेका छन् ।

ढाटका सञ्चालक कृष्ण सिग्देलले गैंडाकोटबाट निकासी हुने २१ वटा कवाडीजन्य वस्तुहरुबाट मात्र कर लिने पाउने गरी ढाट स्थापना गरिएको स्वीकारे । तर कर्मचारीले गल्ति गरेर अरु सवारीसँग पनि कर असुलेको भन्दै जिम्मेवारीबाट पन्छिन खोजेका छन् । कर्मचारीले विगतमा पनि गल्ति गर्दा कर्मचारी फेरिएको बताउँदै उनले जति फेरे पनि कर्मचारीले गल्ति गर्न नछाडेको उनको भनाइ छ ।

यी सबै गतिविधिका बारेमा जानकार रहे पनि नगरपालिकाले दखे पनि नदेखे झैं गरिरहेको छ्र । व्यावसायीहरुले गुनासो गर्दे नगरपालिकामा निवेदनै हाले पनि समस्या समाधान हुन नसकेको गुनासो गरेका छन् ।

ढाट खोल्न अनुमति दिएको नगरपालिकाले सम्झौता अनुसार काम भए नभएको अनुगमन गर्नुपर्छ । तर नगरपालिकाबाट त्यसो नभएको पाइएको छ । यस विषयमा गैंडाकोट नगरपालिकासँग प्रतिक्रिया लिन खोज्दा गैंडाकोटका मेयर मदनभक्त अधिकारीले प्रतिक्रिया दिनै खोजेनन् । अन्य व्यक्तिहरुसँग सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।

यस विषयमा नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले गैंडाकोटको उक्त ढाटले नगरपालिकाबाट निकासी हुने बस्तुहरु बाहेक अरुमा कर लिन नपाउने जानकारी आफूलाई नगरपालिकाबाट गराइएको बताए ।

पूर्वपश्चिम राजमागर्गमा गुड्ने अरु मालबाहक सवारीसाधनसँग पनि कर लिएको गुनासो आफूकहाँ आइनसकेको उनको भनाइ छ ।
व्यावसायीहरुले नगरपालिकामा पटकपटक निवेदन दिँदा पनि उक्त निवेदनका बारेमा नगरपालिकाले सिडिओलाई जानकारी नगराएको देखिएको छ । यसरी नगरपालिकाकै मौन स्वीकृतिमा नगरपालिकाले राखेको ढाटबाट अवैध कर संकलन भइरहेको स्पष्ट बुझिन्छ । अबैधरुपमा कर उठाउनु भनेको लुट्नु सरह हो । त्यसैले लुट्ने काममा नगरपालिकाले साथ दिनु नगरपालिकाको गैह्रजिम्मेवारपूर्ण काम हो ।

Chitwan Aaja चितवन आज
सोमबार, फागुन ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

ताजा समाचार

सबै

आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

चितवन कारागारबाट भागेका १ सय कैदीबन्दी अझै फर्किएनन्

नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिनको लाइन

इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु

ज्ञानेन्द्र शाहीसँग पराजित भएपछि जमानत जफत भएकी विनिताको चुनाव खर्च झण्डै १० लाख

निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता

मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

१ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

रास्वपाको दुई तिहाइ पुग्न दुई सिट कम, कसले कति सिट पाउँदै छन् ?

सकियो समानुपातिकतर्फको मतगणना

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ६.
    अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.