चितवन, चैत २८ –
टिम नेपो चितवन शाखाले नेतृत्वमा अघि बढ्न चाहने युवा बर्गहरुलाई लक्षित गर्दै रामपुरस्थित एनएमआरपिएसको सभाहलमा २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
उक्त तालिममा चितवन र चितवन बाहिरबाट गरी ३० जनाको सहभागिता रहेको थियो भने उक्त अभिमुखिकरण तालिम टिम नेपोका संस्थापक अध्यक्ष डा.निगम पौडेलले प्रदान गर्नु भएको थियो ।
बिभिन्न संस्थाहरुको सहयोग रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि रामपुर कृषि क्याम्पसका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मि रहनु भएको थियो ।
“युवाहरुले नेतृत्व गर्न अहिलेको परिवेशमा धेरै नै चासो देखाएका छन, उनीहरू कसरी आफूलाई अब्बल बनाउने भनेर दिन रात लागी परेका हुन्छन्, बिभिन्न संघ संस्थाहरुमा हेर्ने हो भने हामी युवाको नेतृत्व नै देख्छौ। टिम नेपो चितवन शाखाले सोहि कुरालाई प्रोत्साहान गर्नका लागी यो कार्यक्रम आयोजना गरेको छ र यो मेरो उनिहरुलाई सहयोग गर्ने केहि नेतृत्व बिकासका उपायहरु सिकाएर प्रखर बनाउने कोसिस मात्र हो”- प्रशिक्षक डा.निगम पौडेल भन्नु हुन्छ।
२ दिनसम्म चलेको उक्त तालिमबाट केही सिक्ने र आफूलाई अब केही त म आफै गर्न सक्छु भन्ने प्रेरणा जागेको सहभागीहरु बताउँछन् ।