२०७९ कात्तिक ११
काठमाडौं -आध्यात्मिक गुरुसद्गुरुदेखि रविशंकरसम्मलाई अभिनेता महानायक राजेश हमालले भेट गरेका छन् ।बैंग्लोरमा तीन दिन रहँदा हमालले आर्ट अफ लिभिङको आश्रममा योगगुरु रविशंकर र हमालबीच योग, अध्यात्म र जीवनका आयामबारे गहन कुराकानी गरेको बताइएको छ ।
अन्तर्वार्ता सिरिज भीएफवाई टक्स पनि छायांकन भएको बताइएको छ । भारतको बैंग्लोर पुगेका उनी गएराति १२ बजे मात्र काठमाडौंमा आएका हुन् ।आउन ढिलाइ भएपछि उनले भाइटिका पनि लगाउन पाएनन् ।
अभिनेता हमालले अझै केही विश्वचर्चित सेलिब्रिटीसँग अन्तर्वार्ता लिनेछन् । जसको सूची र समयबारे निधो भइसकेको छैन । सूचीमा अर्का एक विश्वचर्चित योग तथा अध्यात्म गुरु पनि छन् ।










