चितवन, कात्तिक ७ –
चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा नेपाली सेनाका सिपाहीको मृत्यु भएको छ ।
आज विहान ५ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका–४, स्थित पृथ्वीराजमार्गमा दुुर्घटना भएको हो ।
नवलपरासीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ९२३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना ४७ प ९११६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
चितवन प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सर्लाहीको बागमती नगरपालिका–१० का अन्दाजी २६ वर्षीय सुनिल महतोको मृत्यु भएको छ । उपचारका लागि भरतपुर ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । महतो श्री रण शारदल गण बुटवलमा कार्यरत सेनाका सिपाही हुन् ।
दुर्घटनामा मोटरसाइकल पछाडी सवार सर्लाहीको बागमती–८ की १९ वर्षीया निसा मगर घाइते भएकी छन् । उनको पूरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ ।
ठक्कर दिने ट्रक चालक र ट्रक प्रहरी नियन्त्रणमा रहेको चितवन प्रहरीले जनाएको छ ।