चितवन, असोज २८ –
चितवन निर्वाच क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेद्वार दिनेश कोइरालाले पत्रकार सम्मेलन गरेका छन् ।
आज शुक्रबार भरतपुरको चोकबजारमा पत्रकार सम्मेलन गर्दै उनले आफूहरु नै कांग्रेसको मुल धार भएको बताए ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका कोइरालाले गठबन्धनको विरुद्धमा उम्मेद्वारी दिएका थिए । नेकपा एमालले उनलाई समर्थन गरेको छ ।्
एमालेले समर्थन गरेपछि कोइराला एमाले प्रवेश गर्ने हल्ला चलेको छ । तर कोइरालाले पत्रकार सम्मेलनमा बोल्दै आफू एमाले प्रवेश गर्ने कुनै कुरा नभएको बताए । र सँधे भरि कांग्रेस नै भइरहने बताए ।
उनले कांग्रेसको असन्तुष्ट समुह जग्गनाथ पौडेल सँग पनि तालमेल हुने संभावना रहेको बताएका छन् ।
कोइरालाले पत्रकार सम्मलेनमा अरु केके भने ? त्यो हेर्न तलको भिडियो हेर्नुहोस्,
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार