Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, बैशाख ०८, २०८३
☰
Logo मङ्गलबार, बैशाख ०८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

लोकप्रिय समाचार

  • १. भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २. “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • ३. चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ४. शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • ५. मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

  • ६. बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

  • ७. ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

  • ८. राहदानीमा गैरकानुनी टिप्पणी लेख्ने अध्यागमनका कर्मचारीमाथि छानबिन सुरू

  • ९. चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

  • १०. दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

लमजुङमा दुई गुरुङबीच रोमाञ्चक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

लमजुङ, २५ असोज-
कुनै दिन मिलेर चुनाव लडेका र एकै पार्टीमा रहेर काम गरेका दुई हेबीवेट नेताहरू लमजुङको चुनावी प्रतिस्पर्धामा छन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा सत्ता गठबन्धनबाट मा‌ओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ आमनेसामने भएका छन् ।

देव गुरुङले मनाङ, कास्की १ बाट उम्मेदवार हुने प्रस्ताव आउँदा लमजुङलाई नै रोजे । ०७४ को निर्वाचनमा उनी यहीँबाट विजयी भएका थिए । त्यतिबेला एमाले(माओवादी गठबन्धनको साझा उमेदवारको रूपमा प्रतिस्पर्धा गरेका उनले सानदार मतले चुनाव जितेका थिए । जन्मथलो मनाङ भएर पनि उनले कर्मथलोको रूपमा लमजुङलाई रोजेका छन् ।

यसपालि पृथ्वीसुब्बा गुरूङको चाहना प्रतिनिधिसभाको उम्मेदवार बन्ने पटक्कै थिएन । ०७४ को प्रदेश सभा निर्वाचनमा लमजुङ ख बाट विजयी भई गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री बन्ने सौभाग्य पाएका उनले पूरा कार्यकाल काम गर्न पाएनन् ।

साढे तीन वर्ष नबित्दै उनले पद गुमाए । यसपालि पुनः लमजुङ प्रदेश ख बाट चुनाव जितेर मुख्यमन्त्री बन्ने उनको सपना थियो । उनले प्रचार प्रसार पनि थालिसकेका थिए ।

लमजुङमा आयोजना हुने विभिन्न कार्यक्रममा उनले भन्ने गरेका थिए, “मैले सुरू गरेको थुप्रै काम अहिले अधुरा र अलपत्र छन्, ती अधुरा अपूरा काम पूरा गर्न र गण्डकीलाई समृद्ध प्रदेश बनाउन म पुनः प्रदेश सभाको निर्वाचन लड्छु, मुख्यमन्त्री बन्छु ।”

सोचेजस्तो सधैं कहाँ हुन्छ र रु पृथ्वीसुब्बाको हकमा पनि त्यस्तै भयो । फिटिक्कै चाहना नहुँदा पनि उनलाई प्रतिनिधिसभाको उम्मेदवार बनायो पार्टीले । पछिल्लो समय गुरूङभन्दा पनि ओलीको नजिक बनेका खगराज अधिकारीले गण्डकीको मुख्यमन्त्री बन्ने तयारीका साथ कास्कीबाट प्रदेश सभाको टिकट पाएपछि पृथ्वीसुब्बा प्रतिनिधिसभाको उमेदवार बन्न पुगेका छन् ।

एमाले नेताहरूमध्ये गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी एक अर्काका प्रतिस्पर्धी हुन् । केपी ओलीको कोपभाजनमा परेका गुरुङ अहिले देव गुरूङसँग प्रतिस्पर्धामा छन् ।

लमजुङ प्रदेश ख पृथ्वीसुब्बाका लागि सहज थियो, तर प्रतिनिधिसभाको निर्वाचन उनका लागि फलामको च्युरा चपाउनुसरह मानिएको छ ।

प्रदेश सभा ख उनको आफ्नै क्षेत्र हो, क्व्होंलासोंथार उनको गृह गाउँपालिका हो, जहाँ उनको पार्टीले गत स्थानीय निर्वाचनमा क्लिन स्विप पारेको छ ।

यसबाहेक मर्स्याङ्दी गाउँपालिका, बेसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका उनका प्रभाव क्षेत्र हुन् । बरू उनलाईभन्दा जमिन्द्रमान घलेलाई प्रतिनिधिसभाको निर्वाचन लड्न सहज थियो । उनको चाहना पनि त्यही थियो, तर घलेले प्रदेश सभा क को टिकट पाएका छन् ।

देव गुरुङलाई पनि कांग्रेसको भर हो । कांग्रेसका मतदाताले उनलाई कतिको साथ दिन्छन्, त्यो हेर्न चुनावसम्मै कुर्नुपर्छ । यद्यपि पछिल्लो समय गठबन्धनप्रति कांग्रेस कार्यकर्ताहरू इमान्दार नै देखिन्छन्, गएको स्थानीय निर्वाचनले पनि यही संकेत गरेको छ । यसको फाइदा उनलाई हुने सम्भावना छ ।

देव गुरुङ योसमेत गरी तेस्रोपटक संसदीय निर्वाचन लड्दै छन् । पहिलो संविधानसभाको निर्वाचनमा माओवादी उमेदवारको रूपमा कास्की र मनाङबाट निर्वाचित भएका थिए । २०७४ को चुनावमा वाम गठबन्धनको साझा उम्मेदवारको रूपमा उनी लमजुङबाट निर्वाचित भएका थिए ।

पृथ्वीसुब्बा गुरुङको यो सातौं निर्वाचन हो । २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनाव लडेका उनी त्यसपछि भएका हरेक निर्वाचनमा उम्मेदवार हुँदै आएका छन् । २०४८, २०५१, २०५६ को निर्वाचनमा पराजय भोगेका उनले ०६४ को पहिलो संविधानसभाको निर्वाचनमा चुनाव जिते ।

०६३ को जनआन्दोलनपछि बनेको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएका बेला उनलाई चुनाव जित्न पनि सहज भयो । त्यसपछि दोस्रो संविधानसभा निर्वाचनमा फेरि पराजित भएका उनी ०७४ को प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट लमजुङ ख बाट चुनाव जितेर गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बन्ने सौभाग्य पाए ।

लमजुङमा प्रतिनिधिसभा सदस्यका लागि एक मात्र सीट छ । प्रदेश सभाका लागि दुई सिट र आठवटा स्थानीय निकाय छन् । यीमध्ये एक नगरपालिका र तीन गाउँपालिकामा एमालेले जितेको छ ।

तीन नगरपालिका र एक गाउँपालिका सत्ता गठबन्धनले जितेको छ । स्थानीय निर्वाचनको नतिजा हेर्दा गठबन्धन अगाडि देखिन्छ ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, असोज २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
कञ्चनपुरमा बिहेमा गएका युवकको हत्या, दुई जना पक्राउ
युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

ताजा समाचार

सबै

कञ्चनपुरमा बिहेमा गएका युवकको हत्या, दुई जना पक्राउ

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ: सांसद शाही

पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

राप्ती नदीमा भेटियो १७ घडियालको गुँड

अक्षय तृतीयाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

कर्णाली नदीमा बेपत्ता बुवा–छोराको शव भेटियो

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

असिनाले ७४ सवारीसाधनमा क्षति

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं, अलमलमा नपरौं : महामन्त्री पौडेल

कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले पायो पूर्णता

आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाँइदै

नेपालमा बर्डफ्लुको महामारीः १ लाख ३० हजारभन्दा बढी पंक्षी नष्ट

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २.
    “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • ३.
    चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ४.
    शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • ५.
    मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

  • ६.
    बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.