चितवन, असोज २२ –
ध्रुवे हात्तीले माडीमा घर भत्काएर घरभित्र रहेका खाद्यान्न लगायतका सामान नष्ट गरेको छ ।
जंगली हात्ती ध्रुवेले माडी नगरपालिका–१ अमिलियास्थित एक घर भत्काएर घरभित्र रहेका खाद्यान्न लगायतका सामान नष्ट गरेको हो ।
अमिलिया कृषि फर्मले माडीको अमिलिया गाउँमा स्थापना ब्लकबाट निर्मित दुईकोठे घर भत्काई ध्रुबेले अन्न बाली, माछाको दाना, चामल लगायत सामाग्रीमा क्षति पुर्याएको हो ।
कृषि फर्म सञ्चालन गर्दै आएका कमल विश्वकर्माले आफूसहित अन्य तीन जनाले मचानमा चढेर ज्यान जोगाएको बताएका छन् । हात्तीले गतबर्ष पनि सो घर भत्काएको थियो । फर्मले १५ हेक्टरको पोखरीमा माछापालनसहित पाडा, कुखुरा, बाख्रा र टर्की पालन गर्दै आएको छ ।