चितवन, असोज १४ –
नेपालीहरुको महान चाड दशैं आइसकेको छ । दशैंलाई खानपिनको चाडका रुपमा पनि लिइन्छ ।
यस्तो अवस्थामा महिलाहरु भान्छामा निकै व्यस्त रहनुपर्ने हुन्छ । नेपाली समाजमा महिनावारी भएका बेला भान्छामा छिर्नु हुँदैन भन्ने मान्यता पनि छ । यसै कारणले महिलाहरु दशैंका बेला आफूलाई महिनावारी नहोस् भनेर महिनावारी पर सार्ने औषधी खाने गर्छन् ।
यसै सन्दर्भमा चितवन आजकी संवाददाता पूजा परियारले महिनावारीका कुरा र महिनावारी पर सार्ने औषधी खान हुन्छ वा हुँदैन भन्ने विषयमा रहेर भरतपुर अस्पतालकी स्त्री तथा प्रशुती रोग विशेषज्ञ डा सदिक्षा रिमालसँग कुराकानी गरेकी छिन् ।
प्रस्तुत डा. रिमालसँग गरिएको भिडियो कुराकानी ।