चितवन, फागुन ११ –
चितवनमा वैदेशिक रोजगारीमा पठाई दिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–७ की ३८ वर्षीया मिना चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले वैदेशिक रोजगारीमा राम्रो कमाई हुने र चिनजानका तथा आफन्त मार्फत भिषा मगाएर विदेश पठाई दिन्छु भन्दै ३८ जनासंग पैसा असुलेकी थिइन् । उनले विभिन्न मितिमा ३८ जना व्यक्तिसंग ४५ लाख ७५ हजार रुपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ ।
उनलाई ९ गते चितवन जिल्ला अदालतबाट म्याद लिई ठगी मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।