चितवन, साउन २८-
मुग्लिन नजिकै त्रिशूली नदीमा इँटा बोकेको ट्रक खसेको छ ।
इच्छाकामना गाउँपालिका-५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट आज बिहान ९ बजे ना ७ ख ७१०३ नम्वरको ट्रक त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
ट्रकका चालक र सहचालक दुवै जना प्रहरीको सम्पर्कमा आएका छन् । उनीहरु सकुशल छन् ।