चितवन ,१२ असार
बीसहजार जेसीसको आयोजनामा भरतपुरमा स्वास्थ्य सरोकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ । रोग लाग्नुभन्दा लाग्न नदिनु नै बुद्धीमानी हुने ठहर गर्दै जेसीसले स्वास्थ्य सम्वन्धी कार्यक्रम आयोजना गरेको हो ।
पुरानो मेडिकल कलेजका वरिष्ठ युरोलोजिष्ट डाक्टर सुदिप राज के.सीले सहभागिहरुलाई युरो सम्बन्धी चेतनामुलक प्रशिक्षण दिनुभएको थियो । उहाँले मृगौला र पिसावमा देखिने समस्या र उपचारका विधिवारे प्रशिक्षित गर्नुभएको हो ।
कार्यक्रममा नेपाल जेसीजका पुर्व अध्यक्ष जेसी सिनेटर अरुणेश्वर खनालको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले मानिसको व्यक्तित्व विकासको लागि स्वास्थ्य सम्बन्धि ज्ञान आवश्यक रहेको वताउनुभयो । वर्तमान युगमा विशेष गरि युवा वर्गले स्वास्थ्य सम्बन्धि ज्ञान लिनुपर्ने खनालको भनाई छ । उहाले भन्नुभयो “स्वास्थ क्षेत्र व्यवसायिक र ब्यपारीको हातमा जान थालेकोले यसलाई सचेत युवा वर्गले रोक्नुपर्छ ।”
कार्यक्रममा बीसहजार जेसीजका पुर्व अध्यक्ष एवं पुर्व राष्ट्रिय उपाध्यक्ष जेसी जनक घिमिरे, सोही जेसीजका पुर्व अध्यक्ष सन्तोष मजाकोटी लगायतको आतिथ्यता रहेको थियो ।
बीसहजार जेसीजका बर्ष २०२२ का अध्यक्ष वेदराज न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।
जेसी सुशील ढकालको संयोजकत्वमा भएको कार्यक्रम महासचिव विजय न्यौपानेले सहजिकरण गर्नुभएको थियो ।






