काठमाडौं,फागुन २६ –
स्थानीय बजारमा आज (मंगलबार) सुनको मूल्य ३८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य ३८ सयले बढेर प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा कायम भएको छ ।
अघिल्लो दिन (सोमबार) सुन प्रतितोला तीन लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ३१० रुपैयाँले बढेर पाँच हजार ७२० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन चाँदी पाँच हजार ४१० रुपैयाँ कारोबार भएको थियो ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








