Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, पुष २७, २०८२
☰
Logo आइतबार, पुष २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

  • ७. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ८. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ९. देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

  • १०. हेर्नुस आज मिति २०८२ पौष २२ गते मंगलवारको राशीफल

भरतपुर महानगरमा उद्यमशीलता र सृजनशीलता : अवस्था, संभावना र चुनौती

– हिरालाल आचार्य ‘डायमण्ड’
एक लाइनमा भन्नुपर्दा उद्यमशीलता भनेको उपलब्ध अवसर तथा स्रोत र साधनको उच्चतम प्रयोग गरी अर्थ उपार्जन गर्ने उद्देश्यले प्रेरित भएर गरिने मानवीय आर्थिक क्रियालापहरु हो । उद्यम कार्यमा सृजनशीलता भनेको नविनतम र अरुभन्दा फरक कार्य गर्न खोज्नु तथा नयाँ वस्तु उत्पादन गर्न खोज्नु हो ।

उद्यमी बन्न जोखिम बहन गरी व्यावसायिक कार्य गरिएको हुन्छ । जोखिम कम गरी व्यावसायिक सफलता हाँसिल गर्न सीप, सुझबुझ, अनुभव आदिको आवश्यकता पर्दछ ।

आजको आधुनिक युगमा व्यक्ति, समाज र राष्ट्रका लागि लागि उद्यमशीलता अत्यन्त महत्वपूर्ण छ । यस्तै व्यवसायी, उद्यमी, उपभोक्ता, लगानीकर्ता तथा सरकारी दृष्टिकोण समेतमा उद्यमशीलता महत्वपूर्ण छ ।

उद्यमशीलताले उपलब्ध स्रोत र साधनको अधिकतम् सदुपयोग गरी देशको कुल ग्राहस्थ उत्पादनमा समेत वृद्धि गर्न सघाउँछ । यसले सरकारको राजश्व समेत बढाउँछ । समाजमा स्वरोजगार बन्नेहरुको संख्यामा वृद्धि गराउँछ । रोजगारीका विभिन्न अवसर सृजना गर्दछ । व्यक्ति, समाज र राष्ट्रको अर्थतन्त्र सुदृढ पार्न मदत गर्दछ । त्यसैले पनि उद्यमशीलताको विकास गर्नु अपरिहार्य छ ।
व्यक्ति र समाजलाई उद्यमशील बन्न राज्य र तीनका निकायहरुले सक्दो भूमिका खेलेको हुनुपर्छ । संघीय गणतन्त्रात्मक देश नेपालमा स्थानीय सरकारको भूमिका अझ महत्वपूर्ण रहेको छ । जनतासँग सबैभन्दा नजिक रहेको सरकार स्थानीय सरकारले आफ्नो पालिकामा उद्यमशीलता र सृजनशीलता वृद्धि गर्न वर्षेनी विभिन्न योजनाहरु ल्याइरहेका हुन्छन् ।

मध्य नेपालमा अवस्थित चितवन जिल्लाको एकमात्र महानर भरतपुर महानगरमा हरेक क्षेत्रमा उद्यमशीलताको संभावना छ । व्यापारिक उद्यम, उत्पादन उद्यम, लघु उद्यम, कृषि उद्यम, पर्यटन उद्यम तथा सेवा उद्यम लगायतका विभिन्न उद्यम क्षेत्रको संभावना यहाँ छ ।

घरेलु कार्यालय चितवनको तथ्यांकअनुसार भरतपुर महानगरपालिका भित्र क्षेत्रभित्रका उद्योगहरुको विवरण यसप्रकार छ । कृषिमुलक उद्योग ३६६५, उत्पादनमुलक उद्योग २४४२, सेवामुलक उद्योग २३०९, पर्यटनमुलक ६९२, विज्ञान तथा सूचना प्रविधिमुलक ६ र उर्जामुलक १ गरी ९११५ वटा उद्योग रहेका छन् ।

पुनः दोश्रो पटक महानगरपालिका प्रमुखमा निर्वाचित भएर आउनुभएकी रेनु दाहालको कार्यकाल लगातार ६ वर्ष पुगिसकेको छ । दाहाल महानगरपालिकामा आएपछि विकासले तीव्रता लिनुका साथै उद्यमीहरुको सँख्यामा पनि क्रमशः बढ्दै गएको तथ्यांकमा देखिन्छ ।

जनगणना २०७८ अनुसार चितवन जिल्लामा कुल जनसँख्या ७ लाख २२ हजार १६८ रहेको छ । जसमा पुरुष ३ लाख ५४ हजार ७१ र महिला ३ लाख ६८ हजार ९७ रहेका छन् । सात वटा पालिका रहेको चितवनमा भरतपुर महानगरपालिकामा मात्र ३ लाख ६९ हजार ३७७ जनसँख्या रहेको छ । जसमा पुरुष १ लाख ७९ हजार ७४४ र महिला १ लाख ८९ हजार ६३३ रहेका छन् ।

जिल्लामा १ लाख ५३ हजार ६६२ घरधुरी र १ लाख ८२ हजार ८३ परिवार रहेका छन् । जसमा महानगरभित्र मात्र ७७ हजार ८३८ घर र ९८ हजार २८८ परिवार छन् ।

भरतपुर महानगरपालिकाले महानगरवासीलाई उद्यमी बन्न र सृजनशील बन्न विभिन्न तरिकाबाट अभिप्रेरित गरिरहेको छ । पहिलो प्राथमिकतामा महानगरपालिकाले महानगरवासीलाई उद्यम कार्यका लागि चाहिने सीप प्रदानमा जोड दिएको छ ।

जसअन्तर्गत महानगरका विभिन्न शाखाहरुले विभिन्न तवरबाट भिन्नभिन्न किसिमका तालिम प्रदान गरिरहेको छ । यसका अलवा उद्यमशील र सृजनशील बन्न चाहने व्यक्तिहरुलाई अन्य विभिन्न निकायसँगको सहकार्यमार्फत थप साथ उपलब्ध गराउँदै आएको देखिन्छ ।

राज्यको अर्काे निकाय सिटीईभीटी अन्तर्गतको नारायणी बहुप्राविधि र भरतपुर बहु प्राविधिकले पनि महानगरमा विभिन्न प्राविधिक तालिमहरु सञ्चालन गरिरहेको छ । साना तथा घरेलु उद्योग कार्यालयले पनि आफ्नै तरिकाले काम गरिरहेको छ । अन्य सामाजिक संघ संस्था एवम् गैह्रसरकारी संस्थाहरुले पनि उद्यमशीलता र सृजनशीलता विकासका लागि विभिन्न कार्यक्रम महानगरभित्र सञ्चालन गरिरहेका छन् ।

अहिले महानगरपालिकाको कदमको चर्चा गरौं :

महानगरपालिकाको महिला शाखाले विशेष गरी महिला उद्यमशीलता विकासका लागि काम गरिरहेको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरेको छ । विपन्नहरुको बाहुल्यता भएको वस्तीलाई लक्षित गरी ल्याइएको यस कार्यक्रमबाट यस आवमा भरतपुर महानगरपालिकाको २३, २४, २७ र २८ वडाका विभिन्न वस्तीका बासिन्दाहरु लाभान्वित भएका छन् । यस कार्यक्रमबाट यस आवमा मात्र २०० जना लाभान्वित भएका शाखाको तथ्यांकमा देखिन्छ । यस अन्तर्गत प्राकृतिक संरक्षण कोष सौराहसँगको सहकार्यमा पर्यटन उद्यम विकासका लागि नेचर गाइडको तालिम, होटल बराहीमा कुक सम्बन्धि तालिम, व्यापारिक उद्यम विकासका लागि ब्युटी पार्लर सम्बन्धि तालिम, कृषि उद्यम विकासका लागि कुखुरा पालन र पशुपालन सम्बन्धि तालिम सञ्चालन गरिएको महाशाखा प्रमुख शान्ता कुमार पौडेलले जानकारी दिनुभयो । यसैगरी अचार बनाउने तालिम, केराको सुत्लाबाट रेसा बनाउने र रेसाबाट हस्तकलाका विभिन्न सामग्री बनाउने तालिम, सिलाई कटाई तालिम यस आवमा गरिएको छ ।

तालिम लिएपछि भरतपुर २३ का महिलाहरुले केराको सुत्लाबाट हस्तकलाका विभिन्न सामग्री बनाएर विदेशमा समेत निर्यात गर्ने गरेको पाइएको छ । यसैगरी अचार बनाउने तालिम लिएपछि व्यावसाय नै सुरु गरेर अचारको व्यापार गरिरहेका छन् । सिलाई कटाईको तालिम लिएकाहरु मध्ये केहीले पसल नै खोलेर काम गरिरहेको पाइयो । यसरी तालिम पश्चात आफ्नो जीवनस्तरमा परिवर्तन भएको प्रत्यक्ष अनुभुति उनीहरुले गरेका छन् । तर सिमित संख्यामा दिइएको तालिम पर्याप्त नभएको र लिन चाहने जति सबैलाई तालिम उपलब्ध गराउनु पर्ने माग तालिम लिन नपाएकाहरुको छ ।

स्थानीयको उक्त कुरालाई संवोधन गर्दै शाखाले अब मागको आधारमा जसले जे चाहन्छ त्यसै किसिमको तालिम उपलब्ध गराउन अझ बढी सक्रिय भएर लाग्ने योजना बनाउने महाशाखा प्रमुख पौडेलले बताउनु भएको छ ।

त्यसैगरी सुरक्षित आप्रवासन (सामी) कार्यक्रम भरतपुर महानगरपालिकामा पनि सञ्चालित छ । उद्यमशीलता र सृजनशीलता विकास गर्न यस कार्यक्रमले विशेष गरी एउटा टोलमा वैदेशिक रोजगारमा गएकाहरुको समूह जम्मा गर्ने गरेको छ । कार्यक्रम अन्तर्गत भरतपुर महानगरका फोकल पर्शन सुकदेव ढकालका अनुसार उक्त समूहलाई वित्तिय साक्षरता सम्बन्धि तालिम प्रदान गर्दै आइराखिएको छ ।

वित्तिय साक्षरता तालिम अन्तर्गत विदेशमा गएका व्यक्ति पठाएको पैसाको हिसाबकिताब राख्नका लागि पासबुक उपलब्ध गराउने गरिएको छ । गैह्र उत्पादन क्षेत्रमा कम खर्च गरी उत्पादनको क्षेत्रमा बढी खर्च गर्न प्रोत्साहन गर्ने, विदेशबाट पठाएको पैसा उद्यम कार्यमा लागाउन इच्छुक भएकाहरुलाई आवश्यक तालिम दिन सम्बन्धित निकायसँग समन्वयन गराइदिने लगायतका कार्यहरु भइरहेको छ । यसले विदेशबाट भित्रिएको रेमिट्यान्सलाई उत्पादनमुखी कार्यमा खर्च गर्न र उद्यमशीलता बन्न सघाइरहेको छ । हाल सामीको यो कार्यक्रम भरतपुर महानगरपालिकाको १८, १९, २१ र २४ मा लागु छ । कार्यक्रमबाट लाभान्वित भएका केही परिवारले सामीको तालिम लिएपछि फजुल खर्च कम गरी कृषिमा व्यावसायिक बन्न सघाएको बताएका छन् । आगामी वर्षमा अन्य वडाहरुमा यो कार्यक्रम लैजाने योजना सामीको छ ।

सहकारी तथा रोजगार प्रवद्र्धन शाखाले ‘मेयरसँग उद्यमशीलता तालिम’ तालिम दिने तयारी गरेको छ । मागका आधारमा दिन लागिएको तालिममा २५० जनाको आवेदन परेको र १४८ जनालाई छनौट गरिएको शाखा प्रमुख रामबाबु पौडेलले जानकारी दिए । तालिम लिने मान्छे तयार भइसकेका छन् भने अब तालिम दिने मान्छे छनौट गर्न टेण्डर खुलाइएको छ । तालिम अन्तर्गत वरिष्ठा, कम्प्युटर अपरेटर, प्लम्बिङ्ग, इलेक्ट्रिशियन, केश कटन, मोबाइल मर्मत लगायतका रहेका छन् । यी तालिम पाइसकेपछि उनीहरु स्वरोजगार भई उद्यम कार्यमा लाग्ने विश्वास शाखाको छ ।

कृषि शाखाले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई विशेष प्राथमकिता दिएर उद्यमशीलता विकासका लागि युवा लक्षित विभिन्न कार्यक्रमहरु गरिरहेको छ । यस आवमा मात्र ३९ जना युवा यो कार्यक्रमबाट लाभान्वित भएका छन् । यस आवमा युवाहरुलाई च्याउ खेती गर्न तथा मौरी पालन गर्नका लागि युवाहरुलाई प्रोत्साहित गर्ने विभिन्न कार्यक्रम गरिएको आर्थिक विकास महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिनुभयो । यसैगरी व्यावसायिक कृषिमा लाग्नका लागि अनुदान रकम, सिँचाइका लागि बोरिङ्, उन्नत बीउ, मेशिनरी औजार सहयोग गरेको छ ।

विदेशबाट फर्किएका युवाहरुले महानगरबाट प्रोत्साहित भई च्याउ खेती तथा मौरी पालन गरिरहेका छन् । पछिल्लो समय तोरीमा विषादी छर्ने मात्रा बढ्दै गएकाले मौरीपालनमा चुनौती थपिएको बताउँदै किसानहरुले यसतर्फ पनि महानगरले सचेत गराउनु पर्ने बताएका छन् ।

महानगरको कृषि शाखाले विषादी कसरी प्रयोग गर्ने भन्ने बारे सचेतना गराइराखिएको र अबको वर्षबाट अझ थप प्रभावकारी ढंगबाट अघि बढ्ने जनाएको छ ।

भरतपुर महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम पनि सञ्चालित छ । यस आव ०७९÷८० मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका आयोजनाहरुबाट ७८ जनालाई रोजगारी प्रदान गरिएको छ । छोटो अवधिका यस्ता रोजगारबाट प्राप्त आम्दानीलाई कृषिमा थोरै भए पनि लगानी गरेर व्यावसायिक कृषि गर्न प्रोत्साहन गरिएको रोजगार संयोजक सन्देश वाग्ले बताउँछन् ।

यसैगरी महानगरपालिकाको शिक्षा शाखाले ‘पढ्दै कमाउँदै’ कार्यक्रम भरतपुर २० को भीमनगर मावि र भरतपुर २५ को प्रभात माविमा सञ्चालन गरेको छ । भीमनगर माविमा विद्यार्थीहरुले कृषि कर्म पनि गर्ने गरेका छन् । कृषिबाट उत्पादित सामग्री बिक्री गरी उनीहरुले आम्दानी गर्ने गर्दछन् । प्रभात माविमा सीपमुलक विभिन्न कक्षाहरु विद्यालय स्तरबाटै सञ्चालनमा छन् । यस कार्यक्रमलाई अझै बढाउँदै लैजाने योजना रहेको शिक्षा शाखा अधिकृत दिपक सिग्देलको भनाइ छ ।

चितवनको सौराह देशको तेश्रो पर्यटकीय गन्तव्य हो । सौराह जस्तै गरी पर्यापर्यटनको संभावना बोकेको अर्काे ठाउँ मेघौलीमा पर्यटकीय विकास गर्न महानगरले खोजिरहेको छ । त्यसका लागि सर्वप्रथम त्यस क्षेत्रका बासिन्दालाई पर्यटन उद्यममा लाग्न विभिन्न तरिकाले महानगरको पर्यटन शाखाले सहकार्य गरिरहेको छ ।

भरतपुर महानगरपालिका भित्र सञ्चालित उद्योग व्यावसाय, यहाँ भइरहेका विकास निर्माणका काम आदि क्षेत्रमा सबैभन्दा पहिला महानगरबासीलाई प्राथमिकतामा राखेर रोजगार प्रदान गर्न सिंगो महानगरपालिकाको टिम लागिरहेको छ । महानगरबासीलाई हरेक क्षेत्रमा दक्ष बनाएर यहाँका काममा यहीँका दक्ष जनशक्ति प्रयोग गर्ने महानगरपालिकाको दिघो योजना रहेको महानगरपालिकाले जनाएको छ ।

के गर्दैछन् राज्यका अन्य निकाय ?
उद्यमशीलता र सृजनशीलता विकासका लागि साना तथा घरेलु उद्योग कार्यालय चितवनले पनि भरतपुर महानगरभित्र विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । कार्यालयका सूचना अधिकारी नारायण प्रसाद खनालले भरतपुर महानगरपालिका भित्र उद्यमशीलता र सृजनशीलता विकास गर्न चालु आवमा मात्र ७ वटा कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

वडा नम्बर २३ मा केराको सुत्लाबाट कलात्मक हस्तकलाका सामान बनाउने तालिम, वडा नम्बर २५ मा खाद्य प्रशिक्षण सम्बन्धि तालिम र मासु तथा अन्य कुराको अचार बनाउने तालिम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनको सहकार्यमा प्रदान गरिएको छ । त्यसैगरी वडा नम्बर १९ मा व्यावसायिक झोला बनाउने तालिम, वडा नम्बर ९ मा ब्युटी पार्लर सम्बन्धि तालिम, भरतपुर १० मा कंक्रिट उद्योगहरुको गुणस्तर सुधारका लागि तालिम, वडा नम्बर १ मा व्यावसायिक झोला बनाउने तालिम गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । यसैगरी हाल भरतपुर २ मा कार्यालयले गुडिया बनाउने तालिम दिइरहेको छ । यी सबै कार्यक्रमबाट ३०० जना लाभान्वित भएका छन् ।

चितवन उद्योग संघ र जिल्लाका पालिकाहरुसँगको सहकार्यमा जिल्ला भरिनै उद्यमशीलता विकास गर्न कार्यालयले काम गरिरहेको देखिन्छ ।

उद्यमशीलता र सृजनशीलता विकासका लागि काम गर्ने राज्यको अर्काे निकाय काउन्सिल फर टेक्निलकल एजुकेशन एण्ड भोकेशनल ट्रेनिङ्ग (सिटिईभिटी) अन्तर्गत चितवनमा तीन वटा निकाय छन् । ती तीन वटै निकाय भरतपुरमा छन् । भरतपुर १० मा रहेको नारायणी बहुप्राविधिक शिक्षालय, स्कुल अफ हेल्थ साइन्स र भरतपुर २३ मा रहेका भरतपुर बहुप्राविधि शिक्षालयले आफआफ्नै तरिकाले महानगरभित्र काम गरिरहेका छन् ।

नारायणी बहुप्राविधिक शिक्षालयले भरतपुर महानगरपालिका भित्र यस आवमा १६ वटा कार्यक्रम गरेको शिक्षालय प्रमुख सरिता रेग्मीले जानकारी दिनुभयो । तालिममा प्लम्बिङ्ग, सिभिल इन्जिनियर, सेक्युरिटी गार्ड, पुस्तकालय, मन्टेश्वरी (इशिडिएफ) का तालिम सञ्चालन गरेको छ छ । यसबाट ३०० जना महानगरबासी लाभान्वित भएका छन् । तालिम लिएकाहरु मध्ये अधिकांश आआफ्नो काममा लागि सकेको पाइएको शिक्षालयले जनाएको छ । साथै शिक्षालयले विभिन्न समयावधीका विभिन्न सीपमुलक कक्षाहरु छात्रवृत्तिमा सञ्चालन गरिरहेको छ ।

भरतपुर बहुप्राविधि शिक्षालयले लामो तथा छोटो अवधिका विभिन्न सीपमुलक तालिम तथा कक्षाहरु सञ्चालन गरिरहेको छ । छोटा अवधिका सीपमुलक तालिम अन्तर्गत यस आवमा मात्र शिक्षालयले ३९० घण्टे ५ वटा तालिम सञ्चालन गरेको छ । प्रति तालिममा २० जनाका दरले सहभागी गराई कुकिङ्ग, बेकरी, बारिष्ता, लाइब्रेरी र इलेक्ट्रिशियनय तालिम प्रदान गरिएको शिक्षालय प्रमुख रविन्द्र आचार्यले जानकारी दिए ।

साथै शिक्षालयमा छात्रवृत्ति कोटामा तीन वर्षे, २४ महिने, १० महिने विभिन्न कक्षाहरु सञ्चालित छन् । डिप्लोमा इन होटल म्यानेजमेन्ट, कुकिङ्ग आदि कक्षाहरु सञ्चालित छन् ।

कृषि उद्यम विकास गर्न राज्यका अन्य निकायहरु कृषि ज्ञान केन्द्र चितवन, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र सिँचाई कार्यालयले पनि महानगरभित्र काम गर्र्दै आइरहेका छन् ।

अन्य संघ संस्थाहरुको पनि उत्तिकै भूमिका :
चितवन उद्योग संघले पनि उद्यमशीलता र सृजनशीलता विकास गर्न विभिन्न काम गरिहरको छ । चितवन उद्योग संघको पाठशाला विभागले पनि विभिन्न तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । यस आवमा मात्र चितवन उद्योग संघबाट १९ वटा तालिम तथा कार्यक्रम भएका छन् । गत चैतमा मात्र उद्यमशीलता विकास तालिम ७ दिनसम्म २५ जनालाई प्रदान गरिएको थियो । अचार बनाउने, नवप्रवर्तनीय उद्यम अन्तर्गत उद्यमी विकास कार्यक्रम, व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि कानुनी मापदण्ड विषयक सचेतना गोष्ठी लगायतका १९ वटा कार्यक्रमबाट यस आवमा कुल ५५० जना लाभान्वित भएका छन् ।

उद्योग वाणिज्य संघ (उवा संघ) चितवनले विदेशबाट आएकाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन विभिन्न तालिमहरु सञ्चालन गरिरहेको जाएको छ । संघले उद्यमशीलता र सृजनशीलता सम्बन्धी तालिम दिनका लागि लर्निङ्ग सेन्टर पनि बनाउँदै गरेको संघका अध्यक्ष चुन नारायण श्रेष्ठ बताउनु हुन्छ । विभिन्न क्याम्पस तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरुलाई समयसमयमा उद्यमशीलता र सृजनशीलताका बारेमा अभिमुखीकरण कार्यक्रम उवासंघले गर्ने गरेको छ ।

यसका अलवा बैंकहरुले उद्यमशीलताका लागि ऋण उपलब्ध गराएर सहयोग गरिरहेका छन् । अन्य सामाजिक संघ संस्थाले विभिन्न कार्यक्रम गरेर, गैह्र सरकारी सँस्थाहरु (एनजिओ र आईएनजिओ) ले विभिन्न कार्यक्रम गरेर महानगरभित्र उद्यमशीलता विकासका लागि काम गरिरहेको पाइन्छ ।

अन्तिममा, महानगरपालिकालाई केही सुझाव :
उद्यमशीलता विकास र सृजनशील कार्यमा भएका गतिविधिको केन्द्रिकरण गरेर तथ्यांक राख्ने कुनै काम भएको देखिँदैन । सरकारी निकायहरुले आआफ्नै पारामा कार्यक्रम ल्याउँदा कतै एउटै मान्छेले पटकपटक तालिम लिने तर काम नगर्ने र काम गर्न चाहने तर अहिलेसम्म तालिम लिन नपाएकाहरुको जमात ठूलै छ ।

उद्यमशीलता र सृजनशीलता विकासमा महानगरपालिकाले गर्नुपर्ने अझै थुप्रै कामहरु बाँकी छन् । जसमा महानगरपालिकालाई केही सुझावहरु बुँदागतरुपमा यहाँ उल्लेख गरिएको छ ।

१. भरतपुर महानगरपालिकाका सम्बन्धित शाखाहरुले आफूले गरेको कामहरुको व्यवस्थित ढंगबाट तथ्यांक राख्ने र त्यसलाई महानगरपालिकाले एकिकृत गरी एकमुष्ट तथ्यांक राख्ने र त्यसलाई विश्लेषण गर्ने जिम्मेवार अधिकारी तोक्नुपर्ने तथा शाखा नै बनाउनु पर्ने देखिन्छ ।

२. उद्यमशीलता र सृजनशीलता विकासका लागि अब तालिममात्र प्रदान गरेर होइन नगरबासीलाई उद्यम कार्यमा लाग्न सहुलियत दरमा ऋण समेत उपलब्ध गराउनु पर्ने देखिन्छ । लघुवित्त, बैंक, सहकारी लगायतका वित्तिय संस्थाहरुसँग महानगरपालिकाले नीतिगतरुपमै सहकार्य गरी महानगरबासीलाई ऋण उपलब्ध गराउन सके त्यसले लगानी बढाउने र उद्यमशीलता विकासमा थप टेवा पुग्ने देखिन्छ ।

३. उद्यमका लागि आवश्यक सल्लाह दिन विज्ञको व्यवस्था गरी महानगरबासीलाई तालिमदिएपछि पनि काम गर्ने बेलामा आवश्यक सल्लाह सुझाव दिनुपर्ने देखिन्छ ।
४. सीपमुलक तालिम लिएर स्वदेशमा केही नगरी विदेशमा जानेहरु पनि बढ्दै गएका छन् । तसर्थ उनीहरुलाई यहीँ केही गर्ने वातावरण बनाउन महानगरपालिकाले अध्ययन गरी त्यसैअनुरुपको नीति बनाउनु पर्ने देखिन्छ ।
५. महानगरपालिकामा देश विदेशका लगानी भित्र्याउन सहज किसिमको नीति ल्याउन आवश्यक छ ।
६. यहाँ बढी संभावना रहेको कृषि उद्यम हो । कृषिमा उद्यमशीलता बढाउन समयमा मलबीउको उपलब्धता, सिँचाईंको उपलब्धता, विज्ञको व्यवस्था, उत्पादनपछि बजारको सुनिश्चितता गर्नमा महानगरपालिकाले अब ध्यान दिनुपर्ने देखिन्छ ।
७. नीजि क्षेत्रसँगको सहकार्यमा उत्पादित वस्तुहरुलाई बजारीकरण गर्ने कार्यमा महानगरपालिकाले नीतिगतरुपमै टेवा पु¥याउनु पर्ने देखिन्छ ।
८. नविनतम व्यावसायको पहिचान गरी त्यसको विकास गर्नका लागि थप पहल गर्नुपर्ने देखिन्छ ।
९. उद्यमशीलता सम्बन्धि विषयहरु विद्यालयस्तरमै समावेश गराउनु पर्ने देखिन्छ ।
१०. महानगरपालिका, शैक्षिक संस्था र नीजि क्षेत्र मिलेर त्रिकोणात्मक सम्बन्ध बनाई उद्यम विकासमा सहकार्य गरेर अघि बढ्नुपर्ने देखिन्छ ।
११. भरतपुरको अधिकांश भूभाग ग्रामीण क्षेत्रमै पर्ने भएकाले ग्रामीण उद्यमशीलताका समस्याहरुको पहिचान गरी त्यसलाई समाधान गर्न पहल गर्न सके उद्यमशीलतामा थप विकास हुने देखिन्छ ।
१२. घरेलु उद्योगग्राम निर्माण गर्नुपर्ने एवम् व्यावसायिक परियोजना बनाउनु पर्ने देखिन्छ ।

‘डायमण्ड’को उपनामले पत्रकारिता क्षेत्रमा परिचित लेखक हिरालाल आचार्य ग्यालेक्सी फो के टेलिभिजन र चितवन आज डटकम अनलाइनका चितवन संवाददाता हुनुहुन्छ ।

Chitwan Aaja चितवन आज
बुधबार, पुष १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछः महामन्त्री थापा
गैँडाकोट महोत्सवमा एकैदिन १० हजार दर्शकले गरे अवलोकन
चौथो गैँडाकोट महोत्सव : समीक्षालाई दर्शकको साथ

ताजा समाचार

सबै

चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछः महामन्त्री थापा

गैँडाकोट महोत्सवमा एकैदिन १० हजार दर्शकले गरे अवलोकन

चौथो गैँडाकोट महोत्सव : समीक्षालाई दर्शकको साथ

यहाँ ‘बा’ ले नबोल भन्दैमा कोही चुप लाग्दैन : महामन्त्री थापा

६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले गरिसके हस्ताक्षर

पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

‘प्रशान्त तामाङलाई विश्वभरको नेपालीभाषी समुदायले युगौंयुगसम्म सम्झिनेछ’

कांग्रेस विशेष महाधिवेशन सुरु

‘बेनी क्लिन लन्ड्रीबाट मासिक दुई लाख आम्दानी गर्दै २० वर्षीया राजन

सबुज बानियाँको सभापतित्वमा सुरु भयो कांग्रेस विशेष महाधिवेशन

चिसो बढेसँगै मुस्ताङमा पर्यटकीय रौनक घट्यो

अक्सफोर्ड कलेजमा दोस्रो अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन भव्य रूपमा सम्पन्न

हृदयघातका कारण गायक प्रशान्त तामाङको निधन

सिमलताल नजिकै त्रिशूलीमा भेटियो सवारीको टुक्रा

धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने

२८ सयले बढेपछि सुनको मूल्य २ लाख ७० हजार ६ सय कायम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.