चितवन, असोज २ –
रोटर्याक्ट क्लब अफ नारायणी मिडटाउन (Rotaract Club Of Narayani Mid Town) ले २०२५–२६ कार्यकालका लागि पनि प्याराडाइज इन्फोटेक (Paradise infotech) लाई आफ्नो आधिकारिक आईटी तथा प्रविधि साझेदारको रूपमा निरन्तरता दिने निर्णय गरेको छ ।
यो साझेदारी २०२४–२५ मा तत्कालीन अध्यक्ष रोटर्याक्टर राजीव घिमिरेको नेतृत्वमा सुरुवात भएको हो । त्यसयता प्याराडाइज इन्फोटेकले क्लबका डिजिटल तथा प्रविधिमुखी गतिविधिहरूमा निरन्तर सहयोग पुर्याउँदै आएको छ । क्लबका वेबसाइट, सामाजिक सञ्जाल पेजहरू, प्रचार सामग्रीदेखि लिएर विभिन्न प्रविधि–सम्बन्धी योजना सञ्चालनमा पनि यस कम्पनीको सक्रिय भूमिका रहेको छ । क्लबले यस योगदानलाई उच्च मूल्याङ्कन गर्दै आगामी कार्यकालमा पनि सहकार्यलाई निरन्तरता दिने निर्णय गरेको हो ।
नयाँ कार्यकाल २०२५–२६ का लागि क्लब अध्यक्ष आँचल थापा मगर र प्याराडाइज इन्फोटेकका सीईओ गबिश खनालबीच २०८२ भदौ २० गते (५ सेप्टेम्बर २०२५, शुक्रबार) का दिन सेरिन बुटिक होटलमा आयोजित १९औं इन्स्टलेशन कार्यक्रममा समझदारी पत्र (MoU) मा हस्ताक्षर गरिएको छ ।
प्याराडाइज इन्फोटेकले काठमाडौं र चितवनमा कार्यालय स्थापना गरेर डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल व्यवस्थापन, वेबसाइट विकास तथा सूचना प्रविधिसम्बन्धी समाधानमा उल्लेखनीय सेवा प्रदान गर्दै आएको छ ।