चितवन, जेठ २४ –
चितवनमा बाघले आक्रमण गरेपछि एक महिला बेपत्ता भएकी छिन् ।
भरतपुर महानगरपालिका–२३ घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएकी ५० वर्षीय मंगली बोटेलाई आज दिउँसो बाघले आक्रमण गरेको हो ।
बोटेसहित चार जना निउरो टिप्न जाँदा बोटेलाई बाघले आक्रमण गरेको हो ।
चितवन प्रहरीले घटनाको बारेमा पुष्टि भएको र बाघको आक्रमणबाट
बेपत्ता भएकी बोटेको चारवटा हात्ती प्रयोग गरेर खोजी
कार्य भइरेको जनाएको छ ।