×
बुधबार, भदौ ११, २०८२
☰
बुधबार, भदौ ११, २०८२

    भर्खरै

    सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

    अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

    फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

    अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

    पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

    ‘ग्लोकल टीन हिरो–२०२५’को ‘२० अन्डर २०’मा छानिए चितवनका साजन अधिकारी

    गैँडाकोटमा भव्य रूपमा ‘अक्सफोर्ड मेला २०२५’ शुभारम्भ

    प्याराडाइज इन्फोटेकको ५औं वार्षिकोत्सव : एक युवाको सपना, सयौँको विश्वास, र आईटीको उज्ज्वल भविष्य!

    लोकप्रिय समाचार

    • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    • २. चितवनबाट दिदीबहिनी बेपत्ता

    • ३. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    • ४. दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

    • ५. हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

    • ६. इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

    • ७. अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

    • ८. आज आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

    • ९. नारायणी पुलमा सवारी दुर्घटना १ जनाको मृत्यु, १ जना घाइते

    • १०. आज बिहीवार कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    फलफूलमा औँसा, केरामा खपटे र मकैमा फौजी कीराको प्रकोप

    गलेश्वर, जेठ २३-
    म्याग्दीका खेतबारीका बाली तथा बगैचाका फलफूलमा फौजी कीराको प्रकोप भएपछि किसान चिन्तित बनेका छन् । यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी कीराको प्रकोप देखिएको हो ।

    फूल फुलेर चिचिला लाग्न थालेका सुन्तलाबारीमा फलेका काँक्रा, घिरौँला, गोलभेंडालगायतमा औँसा तथा घोगा लाग्न थालेका मकैमा फौजी कीरा र केरा खेतीमा खपटे रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका हुन् । प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औँसा कीराको सङ्क्रमण देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित देखिन्छन् । किसानले लगाएको काँक्रा र पाकेका आरु, आरुपखडामा पनि औसा कीराको व्यापक सङ्क्रमण भेटिएको छ ।

    मकैबालीमा अमेरिकन फौजी कीरा र गोलभेंडामा सेतो ढुसीको समस्या देखिएको म्याग्दीका अगुवा किसान चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । कीराको सङ्क्रमणलाई प्रकोपका रुपमा फैलिन नदिन किसानलाई सचेतसमेत गराइएको कृषि प्राविधिकले बताएका छन् ।

    कृषि ज्ञान केन्द्र म्याग्दीले सिफारिस गरेका मकैको जातका आधारमा सोहीअनुसारको उपचार विधि र विषादी किसानलाई उपलब्ध गराइएको ज्ञान केन्द्रले जनाएको छ । यसैगरी गोलभेंडामा लागेको डढुवाको समस्याले व्यावसायिक किसान मर्कामा परेको बाबियाचौरका हरिकृष्ण पौडलले बताउनुभयो ।

    जिल्लामा मकैबालीमा फौजी कीराले ठूलो क्षति पु-याएको छ । जिल्लाको ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौरलगायतका क्षेत्रका किसानले लगाएको मकैबालीमा फौजी कीराको प्रकोप बढेको हो । घोगा हाल्न लागेका मकैका बोटमा फौजी कीराको आक्रमण बढी भएकोले बोट नै सकिन थालेको मङ्गलाका किसान टेकबहादुर विकले बताउनुभयो । उहाँका अनुसार हाल विषादीले समेत फौजी कीराको आक्रमण रोकिन सकिएको छैन ।

    बगरफाँट, खबरा, भकिम्ली, बाबियाचौरलगायतका स्थानका किसानले लगाएका सयौँ रोपनीको मकैबालीमा फौजी कीराको प्रकोप बढेको कृषि प्राविधिकले बताएका छन् । मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले रोग र कीराको प्रकोपबाट यस क्षेत्रका किसानले हैरानी व्यहोर्नुपरेको बताउनुभयो ।

    फौजी कीराको प्रकोप नियन्त्रण गर्न किसानलाई प्राविधिक सेवा र विषादी निःशुल्क उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । यहाँका किसानले परम्परागत रुपमा लगाउँदै आएको मकैबालीमा फौजी कीराको आक्रमण बढी छ । जिल्लाको ज्यामरुककोट क्षेत्रमा भने मकैका बोट उम्रन थालेदेखि नै फौजी किराको आक्रमण बढेको र बोट जोगाउनै मुस्किल परेको किसानको भनाइ छ ।

    प्रायः सुख्खा मौसममा देखिने फैजी कीरा पछिल्लो समय वर्षा भइरहँदा पनि आक्रमण बढिरहेको कृषि प्राविधिक बताउँछन् । फौजी कीराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानुका साथै मकैको घोगा, पात र गुभोमा पनि क्षति पु-याउने कृषि प्राविधिक बताउँछन् ।

    यसैगरी जिल्लामा गरिएको व्यावसायिक केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ भने आलुमा ढडुवा रोगका कारण बोट सुक्न थालेका छन् ।

    जिल्लाको बेनी नगरपालिका–२ बगरफाँट, खबराका साथै मङ्गला र रघुगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा रोगको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् ।

    त्यसैगरी डढुवा रोगका कारण आलुको बोट सुक्न थालेपछि किसानले औषधि प्रयोग गर्न थालेका छन् । कतिपय ठाउँमा औषधि प्रयोग गरे पनि रोगको प्रकोप कम नभएको बरु रातो कमिलासमेत देखिन थालेको बगरफाँटका किसान खिमबहादुर कार्कीले बताउनुभयो । यहाँका अर्का किसान वेदप्रसाद शर्माले खपटे घुनले पसाएको केरामा दाग देखिने, केराको बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा सङ्कटमा परेको बताउनुभयो ।

    बगरफाँट गाउँका सबै किसान केराखेतीमा संलग्न छन् । सुरुवातमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पु¥याएको उनीहरुको भनाइ छ ।

    आफ्नो करिब १० रोपनी धान फल्ने खेतमा केरा खेती गर्नुभएको दुर्गाबहादुर थापाले रोगको प्रकोपका कारण यसवर्ष केराको उत्पादन घटेको बताउनुभयो । हजारी जातको केरा खेतीबाट वार्षिक रु तीन लाख आम्दानी हुँदै आएकोमा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको उहाँले बताउनुभयो ।

    “झ्याङ भएको केरामा कीरा र रोग लागेपछि सुरुमा पात सुक्दै जान्छ, त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ ।” उपचारका लागि बोट वरिपरि काँटछाँट, सफाइ गर्ने र कृषि प्राविधिकको सिफारिसमा कीटनाशक औषधि छर्कंदै आएको थापाले जानकारी दिनुभयो ।

    रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केराखेती गर्दै आउनुभएका खबराका किसान शोभित शर्माले बताउनुभयो । “लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन सुरु गरेको केराको पात सुकेर बोट मर्न थाल्छ,” उहाँले भन्नुभयो । धान फल्ने खेतमा केरा खेती गरेका यहाँका किसान धमाधम केराका बोट मर्ने र पसाएका केराका कोसा पनि पोटिला हुन नसकेपछि मारमा परेका हुन् । उनीहरुले स्थानीय सरकारसँग सहुलियत र सहयोगको माग गरेका छन् ।रासस

     

     

      Chitwan Aaja चितवन आज
      सोमबार, जेठ २३, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      रविको निवेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन
      पर्सामा वीरगञ्जपछि पोखरियामा पनि हैजा संक्रमण पुष्टि
      भारतबाट ल्याइएको मुर्रा राँगो भ्यागुते रोगले मर्‍यो

      ताजा समाचार

      सबै

      रविको निवेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

      पर्सामा वीरगञ्जपछि पोखरियामा पनि हैजा संक्रमण पुष्टि

      भारतबाट ल्याइएको मुर्रा राँगो भ्यागुते रोगले मर्‍यो

      संवैधानिक इजलासमा गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत

      चितवनबाट दिदीबहिनी बेपत्ता

      पासवानको अवस्था गम्भीर, काठमाडौं पठाइयो

      रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ

      लम्पी स्किनविरुद्ध छ हजार बढी चौपायालाई खोप

      शरीर जलेको अवस्थामा भेटिए सुटकेसभित्र मृत भेटिएकी रुबीको हत्या आरोपी

      मोरङ कारागारको शौचालयमा मृत भेटिइन् महिला कैदी

      भाद्र शुक्ल चतुर्थीः गणेश चतुर्थी पर्व आज मनाइँदै

      दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

      कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      नवलपुरको कावासोती धापमा भासिएर गैँडाको मृत्यु

      हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

      हरितालिकाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

      हेर्नु भयो ?

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

      चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

      चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

      सुनको मूल्य फेरि घट्यो

      बीरेन्द्र बहुमुखी क्याम्पसमा तीन-दिने ग्राफिक डिजाइनिङ कार्यशाला सम्पन्न

      चितवनमा पहिलो पटक टेनिस प्रतियोगिता सुरु

      आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      धेरै डिजेल हाल्ने ग्राहकलाई शुभ पेट्रोल्याण्डद्वारा सम्मान : पम्पको खर्चमा पढ्दै छन् असाहय विद्यार्थी

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      • २.
        चितवनबाट दिदीबहिनी बेपत्ता

      • ३.
        आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

      • ४.
        दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

      • ५.
        हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

      • ६.
        इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.