काठमाडाैं, कात्तिक २७
भारतको उत्तर प्रदेशस्थित कासगञ्ज जिल्लाको मोहनपुरमा माटोको ढिस्कोले पुरिएर चार जना महिलाको मृत्यु भएको छ ।
धार्मिक कार्यक्रमका लागि मंगलबार बिहानै माटो लिन पुगेका उनीहरू ढिस्कोले पुरिएका हुन् । घटनामा दुई दर्जनभन्दा बढी महिला तथा बालबालिका घाइते भएका छन् । माटो निकाल्ने क्रममा ठूलो ढिस्को खसेर उनीहरू पुरिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनास्थलबाट उद्धार गरिएका घाइते महिला र बालबालिकालाई उपचारका लागि अस्पताल पुर्याइएको छ । प्रहरीका अनुसार कम्तीमा २० जना माटोमुनि पुरिएका थिए ।
उद्धारलगत्तै अस्पताल पुर्याइएका चार महिलालाई चिकित्सकले मृत घोषणा गरेका थिए । कासगञ्जमा एक सत्संग कार्यक्रम चलिरहेको छ । सोही कार्यक्रमका लागि महिला र बालबालिका माटो लिन पुगेका थिए ।










