Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, बैशाख १२, २०८३
☰
Logo शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २. चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

  • ३. आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाँइदै

  • ४. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ५. कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं, अलमलमा नपरौं : महामन्त्री पौडेल

  • ६. गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण ५० प्रतिशत पूरा

  • ७. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ८. बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

  • ९. सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

  • १०. विष्णुमति खोला किनारमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

यी हुन् सय दिनमा रक्षा मन्त्रालयले हासिल गरेका प्रमुख उपलब्धिहरू

काठमाडौँ, ६ कात्तिक :

रक्षा मन्त्रालयले पछिल्लो सय दिनमा राष्ट्रिय सुरक्षा, नीतिगत/कानुनी, प्रशासनिक, विकास निर्माण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय शान्ति स्थापना र द्विपक्षीय सैनिक सम्बन्ध तथा सहयोग आदानप्रदानका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको जनाएको छ ।

वर्तमान सरकार गठन भएको सय दिनमा रक्षा मन्त्रालयबाट सम्पादन भएका प्रमुख कार्यको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले यसअवधिमा विभिन्न नौ क्षेत्रमा ५६ भन्दाबढी काम सम्पादन भएको जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माणलाई थप गति दिइएको र सय दिनको अवधिमा १ दशमलव ०४ प्रतिशत थप भौतिक प्रगति भई हालसम्म उक्त आयोजनाको समष्टिगत भौतिक प्रगति ३६ दशमलव ४२ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । आयोजनाको कुल वित्तीय प्रगति ३८ दशमलव ५५ प्रतिशत रहेको छ ।

द्रुतमार्गअन्तर्गत प्याकेज नं २ मा पर्ने धेद्रे सुरुङ गत साउन २१ गते छिचोल्नेकार्य सम्पन्न भएको, खोकना–बुङ्गमती क्षेत्रमा आवश्यक भई अधिग्रहण गरिएका जग्गाको मुआब्जामा पूँजीगत लाभकर छुट दिन मन्त्रिपरिषद्बाट निर्णय भई राजपत्रमा प्रकाशन गरिएको छ ।

द्रुतमार्गको सुरु बिन्दु निर्धारण तथा सवारी आवागमन व्यवस्थापन सम्बन्धमा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस अन्तर्गतबाट विस्तृत सम्भाव्यता अध्ययन पूरा भई प्रतिवेदन प्राप्त भएकामा अध्ययनको चरणमा रहेको मन्त्रालयले जनाएको छ । द्रुतमार्गअन्तर्गत मौरीभीर खण्डको निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) हेरफेर गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।

आयोजनाअन्तर्गत रहेका जम्मा ८९ पुलमध्ये ८५ स्थानका पुल निर्माणको लागि खरिद सम्झौता सम्पन्न भएको, हालसम्म मकवानपुरको राजदमार इलाकामा पाँच वटा पुलहरुको निर्माणकार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

यस्तै कर्णाली कोरिडोर (लालिबगर–दुलिकुन्ना र घाटपारीचौर–बद्रिगाउँ–भुक्काखोला खण्ड) सडक आयोजनामा शून्य दशमलव २९ प्रतिशत थप प्रगति हासिल भई २०८१ असोज मसान्तसम्मको समष्टिगत प्रगति १३ दशमलव ७९ किमी पुगेको छ ।

कोसी कोरिडोर (च्याम्ताङ–घोङघप्पा खण्ड) मा शून्य दशलव ४१ किमी, महाकाली कोरिडोर दार्चुला–टिङ्कर (तुसारपानी–टिङ्कर खण्ड) सडक आयोजनाअन्तर्गत थप शून्य दशमलव २ किमी, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनाअन्तर्गत थप शून्य दशमलव ३२ किमी सडकको ट्रयाक खोल्नेकार्य सम्पन्न भएको छ ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक संरचना निर्माणका लागि बहुवर्षीय ठेक्का स्वीकृत भई विभिन्न प्याकेजमा काम भइरहेको र चालु आवको असोज मसान्तसम्म आयोजनाको भौतिक प्रगति २४ दशमलव २१ र वित्तीय प्रगति १७ दशमलव २२ प्रतिशत रहेको छ ।

प्रधानमन्त्री र रक्षामन्त्रीबीच भएको कार्यसम्पादन सम्झौताका आधारमा मन्त्री र सचिव तथा सचिव र प्रधान सेनापतिबीच कार्यसम्पमादन सम्झौता गरी तदनुसार कार्य भइरहेको, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट दैनिक, साप्ताहिक तथा पाक्षिक रूपमा राष्ट्रिय सुरक्षा विश्लेषण प्रतिवेदन तयार गरी सम्बन्धित पदाधिकारीसमक्ष नियमित रूपमा सम्प्रेषण गरिएको मन्त्रालयले जनाएको छ ।

यसअवधिमा राष्ट्रिय सुरक्षा नीति, २०७५ र सोको प्रभावकारी कार्यान्वयनका लागि तयार गरिएको एकीकृत कार्ययोजनामा रक्षा मन्त्रालय र नेपाली सेनालाई जिम्मेवारी तोकिएको कार्यलाई प्राथमिकतापूर्वक कार्यान्वयन गरिएको छ । राष्ट्रिय प्रतिरक्षा नीति, २०७७ कार्यान्वयनको लागि नेतृत्व, अन्तर–निकाय समन्वय र सहजीकरण गरिएको छ ।

राष्ट्रिय सेवा दलको नयाँ विधेयकको मस्यौदा तर्जुमा, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको विधेयकको मस्यौदा माथि विभिन्न मन्त्रालयबाट प्राप्त राय÷सुझावलाई सम्बोधन गरी मस्यौदा पुनरावलोकन÷परिमार्जन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ । सैनिक सेवा (छैटौं संशोधन) नियमावली, २०८१ को मस्यौदा तयार गरी अर्थ मन्त्रालयमा राय÷सहमतिको लागि पठाइएको, सैनिक प्राविधिक सेवा नियमावली, सैनिक विविध सेवा नियमावली, सैनिक हवाई सेवा नियमावली र सैनिक प्राड सेवा नियमावलीको संशोधन मस्यौदा तयार गरिएको छ ।

यस्तै नेपाली सेना भर्ना छनोट कार्यविधिको मस्यौदा तथा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।

गत असोज ११ र १२ गते परेको मुसलधारे वर्षापछि आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा नेपाली सेना तत्काल परिचालन गरिएको मन्त्रालयले जनाएको छ । उद्धार कार्यमा नेपालभरी तीन सय ८३ स्थानमा प्रत्यक्षरूपमा सात हजार चार सय ८७ सैनिक फौज खटिएको, सात स्थानमा हवाई उडानमार्फत खाद्यान्न ढुवानी गरिएको, १६ वटा शव हवाई उडानमार्फत व्यवस्थापन गरिएको र उक्त बाढीको समयमा सिस्नेरी खोलामा आएको बाढीमा फसेका ३२ जना फुटबल खेलाडीको सकुशल उद्धार गरिएको छ ।

यस अवधिमा सुत्केरी ४५, घाइते तथा बिरामी ३१, मनसुनजन्य विपद्मा परेका नौ सय ५९ गरी एक हजार ३५ जनाको नेपाली सेनाद्वारा सकुशल हवाई उद्धार गरिएको प्रवक्ता आचार्यले जानकारी दिनुभयो । बाढी पीडितलाई वितरणको लागि करिब २३ हजार नौ सय ६४ केजी राहत सामग्री र चार हजार चार सय ५० लिटर डिजेल हवाई ढुवानी गरिएको छ ।

बाढीले बगाएको सिन्धुलीको खुर्कोटस्थित पुलको ठाउँमा नेपाली सेनाद्वारा ‘बेलिब्रिज’ जडान गरी अवरुद्ध सवारी आवागमन सुचारु गरिएको तथा विभिन्न ४७ स्थानमा पहिरो पन्छाउने तथा सात स्थानमा तटबन्ध निर्माण गर्ने कार्य सम्पन्न भएको छ । जलवायु परिवर्तनको असरबाट सोलुखुम्बुमा हिमताल विस्फोट भई थामे क्षेत्रमा आएको बाढीमा फसेका मानिसको उद्धारमा एक सय ७९ सेनाका जवान खटाइएको प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।

मुलुकका विभिन्न २३ उपचार केन्द्रबाट एक हजार २६ जना सर्पदंशबाट पीडितको उपचार, २४ जनाबाट रक्तदान, वीरेन्द्र अस्पतालबाट असोज मसान्तसम्म दुई लाख ८३ हजार तीन सय ८२ जनालाई स्वास्थ्योपचार सेवा प्रदान तथा छ हजार पाँच सय ३७ जनालाई सामुदायिक विपद् प्रतिकार्य तालिम प्रदान गरिएको छ ।

अमेरिकाको होनोलुलु हवाइमा गत भदौ तेस्रो साता नेपाली सेनाका उपरथी कृष्णदेव भट्टको नेतृत्वमा रक्षा तथा पराराष्ट्र मन्त्रालयका एक÷एक जना प्रतिनिधिसहितको १३ सदस्यीय टोली सहभागी भई नेपाल र संयुक्त राज्य अमेरिकाबीचको पाचौँ संस्करणको ‘ल्याण्ड फोर्स टक’ को बैठक सम्पन्न भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यका लागि सहयोग पु¥याउने सन्दर्भमा नेपाली सेनाबाट छनोट भई सिफारिस भएका एक हजार नौ सय छ जना विभिन्न दर्जाको मनोनयन, शान्ति सेनासम्बन्धी विभिन्न तालिममा २३ जनाको मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

भरपर्दो र विश्वासिलो संस्था भएकाले सेनालाई थप जिम्मेवारी : मन्त्री शर्मा

रक्षामन्त्री मानवीर राईले मुलुकलाई आर्थिकरूपमा समृद्ध, सबल र सक्षम बनाउन वर्तमान सरकार केन्द्रित रहेको स्पष्ट पार्नुभयो । वर्तमान सरकार गठन भएपछिको पहिलो सय दिनमा रक्षा मन्त्रालयबाट सम्पादन भएको प्रगति विवरण सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले समृद्ध नेपाल निर्माणमा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताउनुभयो ।

नेपाली सेना मुलुकको भरपर्दो, विश्वासिलो र तोकिएको जिम्मेवारी पूरा गर्ने संस्था भएकाले सेनालाई राष्ट्रिय सुरक्षाका अतिरिक्त थप जिम्मेवारी सुम्पिएको उल्लेख गर्दै मन्त्री राईले सरकारले दिएको जिम्मेवारीबाट सैनिक सङ्गठनलाई अप्ठ्यारो नपर्ने बताउनुभयो । “आधुनिक नेपाल निर्माणदेखि हालसम्म नेपाली सेनाले सम्पादन गरेका जिम्मेवारी ऐतिहासिक छन्”, उहाँले भन्नुभयो ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग लगियो
जनतालाई धेरै दुःख नदिन बालेनलाई हर्कको आग्रह
सुकुमबासी बस्ती हटाउने विषयमा बोले प्रधानमन्त्री बालेन

ताजा समाचार

सबै

थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग लगियो

जनतालाई धेरै दुःख नदिन बालेनलाई हर्कको आग्रह

सुकुमबासी बस्ती हटाउने विषयमा बोले प्रधानमन्त्री बालेन

कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

सुक्खाले बढायो डढेलो र प्रदूषण

चितवनमा लगाइएको चैते धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या

पत्रकार आचारसंहिता उल्लङ्घन र मिथ्या सामग्रीप्रति काउन्सिलको चेतावनी

१७ जना डाक्टरको दर्ता खारेज

महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित

अध्यक्ष साम्पाङ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा

बालेन सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा छैन : महेश बस्नेत

सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

मालपोत कार्यालय भक्तपुरबाट ११ जना बिचौलिया पक्राउ

सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २.
    चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

  • ३.
    आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाँइदै

  • ४.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ५.
    कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं, अलमलमा नपरौं : महामन्त्री पौडेल

  • ६.
    गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण ५० प्रतिशत पूरा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.