काठमाडौं, असोज १६
देशका केही भू–भागका नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ । कोसी प्रदेशका नदी तथा खोलामा बाढीको सम्भावना रहेको हो ।
ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरीका नदी तथा खोलामा बाढीको मध्यम जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज कोसी र वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।










