विराटनगर, असोज ९
विराटनगर महानगरपालिका- २ स्थित मुनालपथमा इलेक्ट्रिक साइकल शोरुममा आगलागी भएको छ।
भव्य इन्टरनेशनलले सञ्चालन गरेको शोरुममा बुधबार दिउँसो आगलागी हुँदा अधिकांश साइकलहरू जलेका छन् ।
आगलागी भएको स्थानमा अहिलेसम्म पनि दमकल पुग्न सकेको छैन । दमकल नआउँदा आगो नियन्त्रणमा समस्या भएको स्थानीयले बताएका छन् ।
आगो नियन्त्रण बाहिर रहेको र नियन्त्रणमा लिन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।







