काठमाडौँ, असोज ८-
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहाइ गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाईं पक्राउको विरुद्ध मंगलबार दिउँसो माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले मुखमा कालो टेप लगाएका थिए ।
प्रसाईंलाई प्रहरीले गत आइतबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।







