पर्सा, असोज ८-
विन्दवासिनी गाउँपालिका–३ ईटियाही चोकबाट सशस्त्र प्रहरीले आइतबार १ सय ४५ केजी गाँजा बरामद गरेको छ ।
सोही गाउँपालिका –४ मधवलबाट ईटियाहीतर्फ जाँदै गरेको बा.१५ च. ७९५६ नम्बरको कारमा सवार व्यक्तिहरूले सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै कार छाडी फरार भएका थिए ।
बीओपी अमरपट्टीले कारमा चेकजाँच गर्दा गाडीको सिट र डिकीमा लुकाई छिपाई राखेको प्रतिबन्धित लागु औषध १५ पोका गाँजा फेला पारेको हो ।
बरामद गाँजा तथा कार इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ ।







