काठमाडौं, असोज ७-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा.मुकुल ढकालले कुनै व्यक्तिविशेषको ‘ठगी’ जोगाउन पार्टी प्रयोग हुन नहुनेमा जोड दिएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत उनले ‘सहकारी ठग’लाई समातेर प्रहरीमा बुझाउन रास्वपा कार्यकर्तालाई आग्रह गरेका हुन् ।
“…हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरूलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिनुस्, ताकि कानुनभन्दा माथि कोही हुनु हुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस्,” उनले फेसबुकमा लेखेका छन् । विधिको शासन स्थापनाका निम्ति आफूहरूले पार्टी बनाएको उनले उल्लेख गरेका छन् ।







